कालोधन विदेश थुपार्ने विनु श्रेष्ठ को हुन् ?

नेपालका बैंक डुबाएर विदेशमा डेढ अर्ब


७ माघ २०७५, सोमबार
binu shrestha

काठमाडौं, ७ माघ । अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ (आईसीआईजे) ले उपलब्ध गराएको विवरण र खोज पत्रकारिता केन्द्र नेपाल (खोपके) ले गरेको थप अनुसन्धानले ५५ जना नेपालीले विदेशमा लगानी गरेको फेला परेको छ । नेपाललीक्स २०१९ मा उल्लेखित विदेशमा कालोधन थुपार्ने ५५ जनामध्ये विनु श्रेष्ठ पनि हुन् ।

binu shrestha

उनी नेपालमा थुप्रै वित्तीय अपराधमा संलग्न एनबी ग्रुपका संचालक लक्ष्मीबहादुर श्रेष्ठकी श्रीमती रहेको खुलेको छ । आईसीआईजेका अनुसार, उनले पनि सन् २००५ मा ब्रिटिश भर्जिन आइल्यान्डस्मा वेलउड एकज लिमिटेड कम्पनी दर्ता गरेकी छन् । उक्त कम्पनीको नाममा १ अर्ब ५० करोड रुपैयाँ सम्पत्ति देखिएको छ । ललितपुर ठैबकी विनु श्रेष्ठ आइसीटीसीका दिनेशलाल श्रेष्ठकी बहिनी हुन् ।सन् २०१७ को प्याराडाइज पेपर्सले सार्वजनिक गरेको सूचीमा पनि बिनु श्रेष्ठको नाम थियो ।

एनबी ग्रुपको नेपालको वित्तीय अपराध गर्नेमा पर्दछ । नेपाल बंगलादेश बैंक, एनसीसी बैंक डुबाउने एनवी ग्रुपका जीतबहादुर र लक्ष्मीबहादुर श्रेष्ठ र उनको परिवार हो । लक्ष्मीबहादुरहरुले बैंकबाट लिएको ऋण नतिरेर कालोसूचीमा परेको छ । तर त्यो ग्रुपले बैंक ठगी गरी डेढ अर्ब सम्पत्ति विदेशमा लगेको खुलेको छ । त्यसका अलावा हरिसिद्धि ईटा टायल कारखाना सरकारसँग कौडीको मूल्यमा किनेर उद्योग संचालन नगरी जग्गा बिक्री गरी अर्को अपराध पनि एनवी ग्रुपले गरेको छ । हरिसिद्धि ईंटा टायल कारखाना निजीकरण गर्दा उक्त जग्गा उद्योग प्रयोजनबाहेक अरुमा प्रयोग गर्न नपाउने उल्लेख छ । उद्योगका लागि अधिग्रहण गरिएको जग्गा त्यसमा प्रयोग नभए स्थानीयलाई फिर्ता दिनुपर्ने हुन्छ । जुन माग स्थानीयले गर्दैआएका छन् ।

लक्ष्मीबहादुर श्रेष्ठले बिनु श्रेष्ठ आफ्नी पत्नी भएको स्वीकार गरे । नेपालका बैंक डुबाएर रकम विदेशमा राखेकोबारेमा उनले भने–विदेशमा पैसा राखिएको होइन । नेपाललिक्समा नाम आएकी विनु श्रेष्ठको नाममा डेढ अर्ब रुपैयाँ ब्रिटिस भर्जिन आइल्याण्डमा राखिएकोबारेमा उनले भने– ‘मिटिङमा छु, पछि फोन गर्छु ।’ यो समाचार आजको साँघु साप्ताहिकबाट लिइएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७