शीर्ष स्थानको म्यानचेस्टर सिटीले लिभरपुलसँग अंक दूरी घटायो


७ माघ २०७५, सोमबार
man city 3 fm5l5Y0dCD

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शीर्ष स्थानको लिभरपुलसँगको अंक दूरी ४ मा झारेको छ ।

आइतबार राति भएको खेलमा हडल्सफिल्डलाई ३–० गोल अन्तरले पराजित गर्दै सिटीले २३ खेलबाट ५६ अंक पुर्‍याएको हो । शीर्ष स्थानको लिभरपुलको समान खेलबाट ६० अंक रहेको छ । हडल्सफिल्डविरुद्धको खेलमा सिटीका लागि डानिलो सिल्भा, रहिम स्र्टलिङ र लोरियो सानेले एक–एक गोल गरेका थिए ।

१८ औं मिनेटमा केइल वाल्करको पासमा सिल्भाले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोल गरेको सिटीले दोस्रो हाफमा २ गोल थपेको थियो । ५४ औं मिनेटमा स्टर्लिङले गोल गर्दै अग्रता दोब्बर पारे । स्टर्लिङलाई गोल गर्ने अवसर भने लोरियो सानेले दिलाएका थिए ।

२–० को अग्रता लिएको २ मिनेट पछि सानेले गोल थप्दै सिटीलाई ३–० को अवस्थामा पुर्‍याएका थिए । त्यसपछि बाँकी समयमा थप गोल नभएपछि सिटी ३–० ले विजयी हुन सफल भयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७