कांग्रेसद्वारा राष्ट्रियसभा अवरूद्ध


७ माघ २०७५, सोमबार
samsad kakshya 96

काठमाडौं, ७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (सोमबार) को राष्ट्रियसभा बैठक अवरूद्ध गरेको छ ।

samsad kakshya 96

सोमबार बैठक शुरू हुनासाथ कांग्रेस सांसदहरू आसनबाट उभिएका थिए । पूर्व प्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका अस्पतालहरू संघमार्फत नराखी विघटन गर्न खोजेको भन्दै कांग्रेसले सरकारको धारणा मागेको थियो ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उभिएका कांग्रेस सांसदलाई बस्न आग्रह गरे पनि उनीहरू बसेनन् । अध्यक्ष तिमिल्सिनाले बैठक आधा घण्टाको लागि स्थगित गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७