गिरिजा र सुशिलको नामको अस्पतालले संसदमा लफडा, कांग्रेसद्वारा दुबै सदन अवरुद्ध


७ माघ २०७५, सोमबार
Rastriya sabha nepal 20180708080225

काठमाडौं, ७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज संसदको दुवै सदन अवरुद्ध पारेको छ ।

Rastriya sabha nepal 20180708080225

कांग्रेसले आफ्ना पूर्व सभापतिहरू तथा पूर्व प्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका अस्पतालका विषयमा सोमबार दुबै सदन अवरूद्ध गरेको हो ।
सरकारले अन्य ९ वटा अस्पताललाई संघ मातहत राखेको तर दुई नेताका नाममा रहेका अस्पतालबारे मौन रहेर विघटन गर्न खोजेको आरोप लगाउँदै कांग्रेसले संसद अवरुद्ध बनाएको हो ।

राष्ट्रिय सभाको सोमबारको बैठक ुरू हुना साथ कांग्रेस सांसदहरू आसनबाट उभिएर अवरोध सिर्जना गरेका थिए । पूर्व प्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका अस्पतालहरू संघमार्फत नराखी विघटन गर्न खोजेको भन्दै कांग्रेसले सरकारको धारणा मागेको थियो ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उभिएका कांग्रेस सांसदलाई बस्न आग्रह गरे पनि उनीहरू बस्न मानेनन् । अध्यक्ष तिमिल्सिनाले बैठक आधा घण्टाको लागि स्थगित गरेका छन् । त्यसको केहीबेरपछि कांग्रेसले प्रतिनिधि सभा बैठक पनि अवरोध गरेको छ । आजको वैठकमा कांग्रेस सांसदहरु कडा रुपमा प्रस्तुत भएका छन् । राष्ट्रियसभाको अर्को वैठक माघ १४ गते ११ बजे बस्ने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७