बीजेपीलाई हराउन करीना कपूर लोकसभाको उम्मेद्वार !


७ माघ २०७५, सोमबार
karina kapoor

काठमाडौं, ७ माघ । भारतको मध्य प्रदेश विधानसभा चुनावमा प्राप्त जीतलाई कांग्रेस लोकसभा चुनावमा पनि उतार्न चाहन्छ । यसकारण पार्टीले अहिलेदेखि नै तयारी थालेको छ ।

karina kapoor

यसै क्रममा कांग्रेसका केही सांसदले भुपालमा लोकसभा सिट जित्नका लागि एक नयाँ रणनीति अगाडि सारेका छन् । यसै क्रममा उनीहरुले भोपाल संसदीय सिटमा कुनै नेतालाई नउठाएर बलिउड अभिनेत्री करीना कपूर खानलाई टिकट दिनुपर्छ भन्ने माग राखेका छन् ।

कांग्रेस सांसदका अनुसार भोपाल संसदीय सिटमा लामो समयदेखि बीजेपीको एकछत्र राज चल्दै आएको छ । यससँगै भोपाल बीजेपीको बलियो किल्ला बन्दै गइरहेको छ । जसलाई भत्काउनको लागि करीना कपूर बलियो उम्मेद्वार मानिएकी छिन् । कांग्रेस सांसद गुड्डु चौहान र अनिस खानका अनुसार युवाहरुमाझ करीना कपूरका धेरै फ्यानहरु छन् र करीनालाई युवाहरुको अत्यधिक भोट प्राप्त हुनेछ ।

गुड्डुको भनाइमा जोड दिँदै अनिसले भनेका छन्, ‘करीना पटौदी खानदानकी बुहारी भएकाले पुरानो भोपालमा पनि यसको फाइदा पुग्नेछ । यसका साथै उनी महिला भएका कारण महिलाहरुका भोट प्राप्त गर्नमा पनि उनी सफल रहनेछिन् ।’

bollywood actress kareena kapoor and saif ali khan giver birth to a baby boy

करीनाका पति बलिउड अभिनेता सैफ अली खानको भोपालसँग पुख्र्यौली सम्बन्ध रहेको छ । पटौदी परिवार वर्षौंदेखि भोपालमा रहँदै आएको छ । कांग्रेसका सांसद पटौदी परिवारको लोकप्रियतालाई लोकसभा चुनावमा प्रयोग गर्न खोजिरहेका छन् ।

हुन त नवाब पटौदीले भोपालबाट चुनाव लडिसकेका छन् तर त्यसमा उनी पराजित भएका थिए । तर अब करीनालाई चुनावमा उठाउनेबारे भने सांसदहरुले नवाब पटौदीलाई मुख्यमन्त्री कमलनाथसँग भेटघाट गरेर कुरा राख्न आग्रह गरेका छन् । ’कांग्रेससँग अब कुनै पनि नेता बाँकी रहेनन्, त्यही भएर अभिनेताको साथ लिएर चुनाव लड्दैछन्’ भन्दै बीजेपीका नेताले कांग्रेस सांसदहरुको मागलाई व्यंग्य गरेका छन् ।

भोपालबाट बीजेपी सांसद आलोक सञ्जरले भनेका छन्, कांग्रेससँग स्थानीय नेता भएनन् त्यही भएर मुम्बईबाट उम्मेदवार आयात गर्नुपरेको छ । यसपटक पनि भोपालकी जनता बीजेपीलाई नै भोट दिन्छन् भन्नेमा आफू ढुक्क भएको आलोक सञ्जरले बताएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७