ब्यवसायीसँग भिसा लागिसकेका कामदारको विवरण मागः भिसा लागेका १० हजार युवा मलेसिया जान पाउने


७ माघ २०७५, सोमबार

काठमाडौं, ७ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारीमा जाने २० श्रमिकलाई ब्यक्तिगत श्रम स्वीकृति प्रदान गर्न सुरु गरेलगत्तै म्यानपावरहरुसँग कलिङ भिसा प्राप्त गरेका कामदारहरुको विवरण माग गरेको छ ।

malesiya

सोमबार बैदेशिक रोजगार विभागले कलिङ भिसा प्राप्त गरिसकेका कामदारको विवरण ५ दिनभित्र उपलब्ध गराउन सूचना जारी गरेको छ ।

२०७५ कात्तिक १२ मा नेपाल र मलेसियाबीच श्रम सम्झौता भएपछि १० हजार भिसा लागिसकेका कामदारलाई तत्कालै पठाउने सहमति भएको थियो । तर आफैंले कारबाही गरेका भेण्डरहरु परिवर्तन नगरेसम्म कामदार मलेसिया नपठाउने अडानमा रहेका श्रममन्त्री गोकर्ण बिष्ट अन्ततः गलेका छन् । र, भिसा लागिसकेका कामदारहरुलाई पुरानै प्रक्रिया अनुसार पठाउन तयार भएका छन् । ब्यवसायीहरुले मलेसियासँग सहमति गरेपछि भिसा लागिसकेका कामदार नपठाएकोमा बिरोध गर्दैआएका थिए ।

ब्यवसायीहरुले मलेसिया रोजगारी बन्द भएको ७ महिना अवधि २०७५ मंसिरसम्म १० अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स गुमिसकेको तथ्याक सार्वजनिक गरेका छन् ।

बैदेशिक रोजगार विभागको माघ २ को पत्रका आधारमा बैदेशिक रोजगार काठमाडौं कार्यालयले २० जना कामदारको स्वीकृति दिएको छ । मन्त्रालयसँग सहमतिअनुसार मलेसियन दूताबासबाट सोझै भिसा प्राप्त गरिसकेका १० जना र मलेसियाबाट सोझै भिसा प्राप्तीको प्रक्रियामा रहेका १० जना गरी २० जनाको श्रम स्वीकृति दिनका लागि बैदेशिक रोजगार विभागले काठमाडौं कार्यालयलाई २०७५ माघ २ मा पत्र लेखेको थियो ।

त्यसैअनुसार काठमाडौं कार्यालयले श्रम स्वीकृति दिएको दाबी गरिएको छ । बैदेशिक रोजगार विभागले मलेसियन दूताबासबाट भिसा प्राप्त गरेको भने पनि भीएलनले भिसा प्रक्रिया गरेको प्रमाण नयाँपेजले फेलापारेको समाचार यसअघि नै प्रकाशित भइसकेको छ ।

यो पनि पढ्नुहोस्ः

मलेसिया कामदार जाने प्रक्रिया सुरु


प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७