सरकारले तोकेको मर्यादाक्रमप्रति अख्तियार असन्तुष्ट


७ माघ २०७५, सोमबार
ciaa

काठमाडौं, ७ माघ । नेपाल सरकारले हालै परिमार्जन गरेको मर्यादाक्रमका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले असन्तुष्टि प्रकट गरेको छ । आयोगको सोमबार बसेको बैठकले मर्यादाक्रम निर्धारणप्रति असन्तुष्टी जनाएको हो ।

ciaa

अख्तियारका प्रवक्ता रामेश्वर दंगालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ–‘नेपाल सरकारले हालै जारी गरेको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावहरुको मर्यादाक्रम निर्धारणप्रति यस आयोगको ध्यानाकर्षण भएको छ ।

संवैधानिक पदाधिकारीले अध्यक्षता गर्नुपर्ने विभिन्न बैठकहरुमा सदस्य रहने पदाधिकारीहरुको मर्यादाक्रम संवैधानिक पदाधिकारीहरूभन्दा माथि रहेको तर संवैधानिक पदाधिकारीहरुको मर्यादाक्रम साविकको भन्दा निकै तल्लो क्रममा रहँदा कार्य सम्पादन प्रक्रिया तथा बैठक सञ्चालनको न्यूनतम् मूल्य मान्यता समेत प्रभावित हुने अवस्था सिर्जना हुन जाने तथा मनोबलमासमेत असर पर्न जानेछ ।’

मर्यादाक्रम निर्धारण गर्दा परम्परा, प्रचलित कानून, पदबाट सम्पादन हुने कार्य र गरिमा समेतलाई आधार मानी संवैधानिक निकायका आयुक्त एवं सदस्यहरुको मर्यादाक्रम साविकको जस्तै संवैधानिक प्रमुखहरुको लगत्तैपछि राख्ने गरी मर्यादाक्रम निर्णयको पुनरावलोकन हुन आयोगले नेपाल सरकार समक्ष आग्रह पनि गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७