डिभोर्सको एक महिना नपुग्दै रवि लामिछानेले गरे निकितासँग ‘कोर्ट म्यारिज’


७ माघ २०७५, सोमबार
nikita

काठमाडौं, ७ माघ । डिभोर्स एक महिना बित्न नपाउँदै सञ्चारकर्मी रवी लामिछानेले अर्को विवाह गरेका छन् ।

nikita

पत्नी इशा लामिछानेसँग पुस २० गते डिभोर्स गरेका सञ्चारकर्मी लामिछानेले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग अदालती विवाह गरेका छन् । उनीहरूबीच सोमबार दिउँसो काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह भएको हो ।

रवि र निकिता दुबै डिभोर्सी हुन् । रविले केही समयअघि २५ वर्ष लामो वैवाहिक जीवन टुंग्याएका थिए । निकिताको ७ वर्ष पहिले नै डिभोर्स भएको थियो । रवि केही समयदेखि पत्नीसँगको डिभोर्स र निकितासँगको सम्बन्धका विषयलाई लिएर सोसल मिडियामा चर्चामा आएका थिए । यसअघि पनि उनीहरु एकै ठाउँ बस्दै आएका थिए ।

लामिछानेले आफ्नो फेसबुक पेजमा निकितासँगकाे फाेटाे राखेर लेखेका छन्, ‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ । एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाण्डौ जिल्ला अदालतमा विवाह दर्ता गराएका छौं ।’

उनले आफन्त तथा साथीभाइहरुबाट आशिर्वाद चाहेको पनि आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७