तारादेवीको १३ औँ पुण्य स्मृति भब्यताका साथ मनाइने


७ माघ २०७५, सोमबार
tara devi punya tithi

काठमाडौँ, ७ माघ । तारादेवी स्मृती फाउन्डेशनले यहि माघ ९ गते राष्ट्रिय सभागृहमा ‘सम्झनामा तारा देवी’ कार्यक्रमको आयोजना गर्ने भएको छ ।

संवाद चौतारीमा पत्रकार सम्मेलन गरी सोमबार स्वरकिन्नरी तारादेवी श्रेष्ठको १३ औँ पुण्य स्मृति पारेर कार्यक्रम गर्न लागेको जानकारी दिएको छ ।

कार्यक्रमको लागि ५ सदस्यीय नयाँ कार्यसमिती सार्वजनीक गरेको छ । कार्यसमीतीमा संरक्षक रवि श्रेष्ठ, अध्यक्ष दिपक केसी, उपाध्यक्ष भुवन चन्द, महासचिव सोभन सैंजु र कोषाध्यक्षमा रमेश थापा रहेका छन् ।

पत्रकार सम्मेलनमा काठ्माण्डु क्षेत्र नम्बर ७ का सांसद एवं संस्थाका सल्लाहकार रामवीर मानन्धरले श्रष्ठाहरुको सम्मान र कलाको कदर गर्दै संरक्षण र व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

यस्तै संस्थाका अध्यक्ष्य दिपक केसीले कलाकार देशका गहनाको रुपमा राखीए पनि कलाकारहरुले आफ्नो दैनिक गुजारा गर्न समेत कठिन भएकोे बताए । कार्यक्रममा देशका चर्चित गायक गायिकाहरु ज्ञानु राणा, मिरा राणा, संगीता शाक्य लगायतले तारादेवीका गीतहरु प्रस्तुत गर्ने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७