परोपकारमा प्रियंका र आयुष्मान, आयंका फाउण्डेशनको घोषणा


७ माघ २०७५, सोमबार
Priyanka Ayushman3

काठमाडौं, ७ माघ । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले परोपकारी कामको लागि आयंका फाउण्डेशन घोषणा गरेका छन् ।

अभिनय क्षेत्रमा सक्रिय यो जोडीले संस्था मार्फत सामाजिक काम गर्ने मनस्थितिले फाउण्डेशन स्थापना गरेका हुन् ।

मनोरञ्जन क्षेत्रबाट दर्शकको माया बटुल्न सफल जोडीले अब जनचेतनासँगै सामाजिक काममा पनि सक्रिय बन्न योजना बनाएको हो ।

कलाकारको आवाज धेरैले सुन्ने र मनन गर्ने भएकाले त्यसको माध्यम बन्नका लागि आयंका फाउण्डेशनको सुरु भएको उनीहरुको भनाई छ । विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुसँगको सहकार्यमा स्वास्थ्य, शिक्षा, सरसफाई, महिनावारी, बालविवाहलगायतका विविध विषयमा चेतना फैलाउन फाउण्डेशन अग्रसर रहने नायिका प्रिंयंका कार्कीले जानकारी दिएकी छिन् ।

नायक आयुष्मानका अनुसार बालबालिकाको शिक्षामा विशेष जोड दिँदै असहाय, अनाथ र पिडितको घाउमा मल्हम पट्टी लगाउन पनि फाउण्डेशनले सक्दो प्रयास गर्नेछ । यस्तो परोपकारका लागि आफ्नो कमाईको १० प्रतिशत रकम छुट्याईने उनीहरुको प्रतिबद्धता छ ।

फाउण्डेशनको घोषणासँगै टोल सफाईमा सक्रिय हुने उनीहरुले बताएका छन् । आयंका फाउण्डेशनको मुख्य सल्लाहकार सरोज ओली हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७