टिभिएस ग्रान्ड एक्सचेन्जका बिजेता बने राजकुमार


७ माघ २०७५, सोमबार
1548075550Winner tvs

काठमाडौं, माघ ७ । टिभिएस मोटर कम्पनीको वितरक जगदम्बा मोटर्सले ग्रान्ड एक्स्चेन्ज कार्यक्रमको पुरस्कार विजेता घोषणा गरेको छ। लक्कीड्र मार्फत राज कुमार श्रेष्ठले बम्पर उपहारमा टिभिएसको स्ट्राइकर १२५ सिसी मोटरसाइकल पाएका छन्।

पुष २९ सम्म आयोजित ग्रान्ड एक्स्चेन्ज कार्यक्रममा जुनसुकै कम्पनीको बाइक वा स्कुटरसँग सटही सुविधाको व्यवस्था गरिएको छ। सो अवसरमा उपहारका साथ साथै छुटको पनि व्यवस्था थियो।

कार्यक्रम ५ दिनमा करिब ५०० बाइक र स्कुटर एक्सचेन्ज भएको जगदम्बा मोटर्सले जनाएको छ। कार्यक्रममा २० प्रतिशत डाउनपेमेन्टमा शून्य ब्याजदर, ८ हजारसम्मको उपहार ९हेल्मेट, पन्जा, बाइक कभर र ब्याग०, न्युनतम २५ हजार रुपैयाँको मुल्यांकन, ७ देखि १० हजारसम्मको नगद छुटको व्यवस्था गरिएको थियो। साथै कार्यक्रममा निशुल्क स्वास्थ्य परीक्षण समेत गरिएको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७