२०७५ माघ ८ गते मंगलबारको तपाईको राशिफल


८ माघ २०७५, मंगलवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
घर परिवारमा झै–झमेलाको अवस्था आउला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

rasifal

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आकस्मिक धनलाभ हुनेछ । पारिवारिक सद्भाव बढ्ने छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । महिला वर्गबाट सहयोग मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनमा दुविधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । झञ्झटिलो काममा संलग्न हुनुपर्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
न्यायिक कार्यमा सफलता मिल्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
काम विगार्नेको सक्रियता पनि रहने देखिन्छ । सौन्दर्यतामा धन खर्च हुनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती कार्य गर्न पुगिएला सचेत रहनु पर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
रोकिएको अधुरो कार्यले पूर्णता पाउने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा होला । पुनर्मिलनको योग रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
मनमा हर्ष,उमङ्ग र उत्साह छाउने छ । कला र गलाको प्रभाव बढ्ने छ । शुभ समाचार सुन्न पाइएला । एउटै कामबाट दोहोरो लाभ मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउने छ । इच्छा र आकांक्षा पूर्ण हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
घरमा अतिथीको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ । भाग्यले विभिन्न अवसर जुराउने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरुलाई प्रभावित पारेर काम बन्ने छ । आयआर्जनका क्षेत्रमा सुधार आउने छ । घरमा अतिथीको आगमन हुनेछ । मित्र सुख मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
कला साहित्यका क्षेत्रमा विशेष अभिरुचि रहनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । वाक्चतुर्याईले सङ्कल्प सिद्ध हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७