पूर्व राजा ज्ञानेन्द्र राजनीतिमा सक्रिय बन्दै, मध्य र पूर्वी तराई भ्रमणको मिति तय


८ माघ २०७५, मंगलवार
gyanendra shah pic 1

काठमाडौं, ८ माघ । पछिल्लो समय पूर्व राजावादीको चलखेल बढीरहेको बेला पूर्व राजा ज्ञानेन्द्र शाह मध्य र पूर्वी नेपालमा रहेका राजावादीलाई भेट्न सिमरा र झापा जाने भएका छन् । करिब एक महिना लामो बसाई गर्न सिमरा र झापाको दमक जान लागेका हुन् ।

gyanendra shah pic 1

माघ १३ गते पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिना र निजी सुरक्षा गार्ड सशस्त्रका डिएसपी शिव राउत सहित पूर्व राजा ज्ञानेन्द्र सिमरा जाने कार्यक्रम तय भएको छ । सिमरास्थित प्रभु शमसेर राणाको निवासमा बस्ने कार्यक्रम रहेको छ । उनले सिमराबाट पूर्वी तराईको भ्रमण गर्ने भएका छन् ।

पूर्व राजाको सुरक्षासहितको सवारी साधान माघ ११ गते सिमरा पुग्ने भएको छ । निजी सवारी चालक सुदन थापा र सुरक्षाकर्मीसहितको टोलीले ज्ञानेन्द्रको भ्रमणको सम्पूर्ण सुरक्षा व्यवस्थाको प्रवन्ध गर्ने भएको छ । पूर्व राजाको साथमा निजी सहयोगी भान्छे समेत सिमरा पुग्ने भएका छन । करिब दुई साता सिमरा बसाई पछि ज्ञानेन्द्र परिवार सडक मार्गबाट दमक जाने कार्यक्रम तय भएको खबर नेपाल समाचारपत्रमा छ ।

दमक पुग्नुअघि तराईका विभिन्न जिल्लाका स्थानीयले स्वागत कार्यक्रम आयोजना गर्ने योजना बनाएका छन् । अहिलेसम्म यही २० गते दमक जाने कार्यक्रम तय भएको छ–स्रोतले भन्यो । सिमरा बसाइका क्रममा उनले आफू निकट तीनवटै राप्रपाका नेतासंग भेट गर्ने कार्यक्रम रहेको छ । अहिले को–को संग भेट गर्ने भन्ने टुंगो लागेको छैन स्रोतले भन्यो –तर सिमरामा उच्च तहका राजनीतिक नेतासंग भेट्ने गरी योजना तय भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७