प्रचण्ड पत्नी सीता आईसीयूमा, कस्तो छ स्वास्थ्य ?


८ माघ २०७५, मंगलवार
sita dahal 20180701082508

काठमाडौं, ८ माघ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल दुई दिनदेखि सुमेरु अस्पताल भर्ना भएकी छन् । रुघाखोकी र ज्वरो आएपछि धापाखेलको उनलाई आइतबार बिहान सुमेरु अस्पतालमा भर्ना गरिएको थियो ।

sita dahal 20180701082508

‘उहाँलाई रुघाखोकी फ्लु देखियो,’ अस्पताल स्रोतले भन्यो, ‘स्वास्थ्य अवस्था स्थिर छ ।’ सीताको उपचारमा डा. युवराज शर्मालगायत चिकित्सक टोली खटिएका छन् ।

उनी लामो समयदेखि वंशानुगत पार्किन्सन रोगका कारण पनि पीडित थिइन् । चिकित्सकका अनुसार यस्ता बिरामीको गति सुस्त हुने, हात खुट्टा कमजोर हुने जस्ता लक्षण देखिन्छन् । सीतालाई प्रेसर र सुगरको समेत समस्या छ । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७