पानीजहाजमा आगलागी, ११ जनाको मृत्यु, १४ को उद्धार


८ माघ २०७५, मंगलवार
jahaj 1

काठमाडौं, ८ माघ । तान्जिनियाको झण्डा रहेका दुई वटा मालवाहक पानीजहाजमा ब्ल्याक सी मा आगलागी हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।

jahaj 1

रुस नियन्त्रित क्राइमियाको केर्च स्ट्रेट नजिकै पुगेका बेला पानी जहाजमा आगलागी भएको अधिकारीहरुले बताएका छन् । पानी जहाजमा आगलागीपछि समुद्रमा हाम फालेका १४ जनालाई रुसी उद्धारकर्मीले उद्दार गरेका छन् ।

ग्यासको ट्यांकर बोकेको एउटा पानी जहाजमा आगो लागेपछि विष्फोट भएको थियो । सोही विस्फोटका कारण अर्को पानी जहाजमा पनि आगो लागेको बताइएको छ । दुई पानीजहाजमा १७ जना चालक दलका सदस्य थिए । उनीहरु टर्की र भारतका हुन् । यस्तै अन्य १४ जना समेत पानीजहाजमा रहेको बताइएको छ । (एजेन्सी)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७