बम्जनले बेपत्ता पारेको अनुयायीबारे प्रमाण खोज्दै प्रहरी


८ माघ २०७५, मंगलवार
Ram bda bomjan

सिन्धुली, ८ माघ । बम्जन आश्रमबाट अनुयायी बेपत्ता पारिएको भन्दै जाहेरी परेपछि सिन्धुपाल्चोक प्रहरी ठोस प्रमाण जुटाउन सक्रिय रहँदै आएको छ ।

Ram bda bomjan

पहिलो चरणमा बम्जनको बाँडेगाउँस्थित टोड्केभीर आश्रमबाट बेपत्ता भएका मकवानपुर हेटौँडाका सञ्चलाल वाइबालाई अनुसन्धानको केन्द्रमा राखिएको छ । सोही आश्रममा हत्यापछि उनलाई गाडिएको भन्ने समाचार सार्वजनिक भएपछि प्रहरीलाई मुद्दा बलियो बनाउन ठोस प्रमाण आवश्यक परेको हो ।

सञ्चलालका छोरा महेन्द्र वाइबाले सिन्धुपाल्चोक प्रहरीमा जाहेरी दिएका थिए । यो समाचार आजको नागरिक पत्रिकाबाट लिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७