संसारकै ‘क्युट’ कुकुरको मृत्यु, जो सामाजिक सञ्जालमा स्टार बनेर अस्तायो


८ माघ २०७५, मंगलवार
cute dog hWqlhhY08i

काठमाडौं, ८ माघ । सामाजिक सञ्जालमा ‘स्टार’ बनेको एक १२ वर्षीय पामेरियन जातको कुकुर मरेको छ । यो कुकुरको नाम ‘बू’ राखिएको थियो ।

cute dog hWqlhhY08i

सन् २०१७ मा आफ्नो सबैभन्दा प्रिय साथी ‘बडी’ मरेपछि बू निकै विक्षिप्त बनेको थियो । कुकुरका मालिकले बताएअनुसार त्यसपछि यो कुकुरलाई मुटुसम्बन्धी समस्या निम्तिएको थियो ।

बडीको मृत्युपछि बू को मुटु चुडिएको अनुभूति भएको कुरा बूको आधिकारिक फेसबुक पेजमा उल्लेख गरिएको छ । फेसबुकमा बू का डेढ करोड भन्दा धेरै फलोअर्स थिए । यो कुकुरलाई स्टार कुकुर धेरै पटक टेलिभिजनमा देखाइएको थियो भने कुकुरकै नाममा ‘बू – द लाइफ अफ वर्ल्ड्स क्यूटेस्ट डग’ नामक किताब पनि प्रकाशन भएको छ ।

dog

बू र उसको प्रिय साथी बडी ११ वर्षसम्म सँगै रहे । बडीको सन् २०११ डिसेम्बरमा मृत्यु भएको थियो । बू का मालिकका अनुसार गएको शनिबार राति सुतेकै अवस्थामा बू को मृत्यु भएको थियो । – बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७