रक्सी पिएर मञ्चमा उक्लिएका कांग्रेसका नेताहरूलाई ‘धोबी धुलाई’


८ माघ २०७५, मंगलवार
Nepal Student Jhadap

ओखलढुङ्गा, ८ माघ । ओखलढुंगा जिल्लामा आसन ग्रहणको विषयमा विवाद हुँदा नेपाल विद्यार्थी संघ जिल्लाको १२औं अधिवेशनको उदघाटन सत्रमा कांग्रेसका नेताहरूबीच कुटाकुट भएको छ ।

Nepal Student Jhadap

ओखलढुंगामा सोमबार साँझ मञ्चमै भएको कुटाकुटमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता बालकृष्ण दाहालले कुटाइखाएका छन् । उनको चस्मा पनि फुटेको छ । दाहालले आँखामा चोट लागेको र सामुदायिक अस्पतालमा परीक्षण गरेको बताएका छन् ।

दाहालसहितको समूहले रक्सी पिएर मञ्चमा उक्लिएर कार्यक्रम विथोल्न खोजेपछि सभापति शेरबहादुर देउवा समूहले रामधुलाई गरेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।
कार्यक्रम विथोल्न खोज्ने ओखलढुंगाको पूर्वसभापति गोमा केसीमाथि पनि कुटपिट भएको छ । केसीले पत्रकार सम्मेलनमा आफूमाथि जिल्ला सभापति प्रदीप सुनुवारले हातपात गरेर आरोप लगाइन् ।

नेविसंघका केन्द्रीय उपाध्यक्ष नवीन राईलाई प्रमुख अतिथि बनाउनुपर्ने कुरामा विवाद भएको थियो । जिल्ला सभापति प्रदीप सुनुवारलाई प्रमुख अतिथि बनाएपछि विवाद सुरु भएको थियो ।

मञ्चमा जिल्ला सभापति प्रदीप सुनुवार, उपसभापति तेजेन्द्र खनाल र नेताहरू बालकृष्ण दाहाल, लीलाबल्दभ दाहाल, पूर्व सभापति गोमा केसीबीच झडप भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
झडपपछि असन्तुष्ट पक्षले नेविसंघको कार्यक्रम बहिस्कार गरेका छन् । नेताहरूको कुटाकुटपछि विद्यार्थीसमेत दुई पक्षमा विभाजित भएका छन् ।

विद्यमान पदाधिकारी तथा प्रतिनिधि आएका विद्यार्थीहरु पक्ष विपक्षमा बाँडिए पनि अधिवेशनको बन्द सत्र भने सञ्चालन भएको छ । संस्थापन पक्षले विधी मिचेर अधिवेशन गरेको भन्दै विवादपछि असन्तुष्ट पक्षका नेताहरुले सोमबार साँझ पत्रकार सम्मेलन गरेर जिल्ला सभापति प्रदीप सुनुवार र उपसभापति तेजेन्द्र खनालको राजीनामा माग गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७