घर बनाउन पाए हुन्थ्यो


१२ मंसिर २०७४, मंगलवार
nayapage

धरान: धरानको केटु फेन्सी पसलमा सेल्स मजदुरी गर्ने पुण्य प्याकुरेल काम सकेर धरान १५, महादेव चोक स्थित घर फर्कने क्रममा उनी चढेको टेम्पोलाई बसले ठक्कर दियो । अन्य यात्रुहरु भन्दा उनी गम्भीर घाइते हुन पुगे । अन्य यात्रुहरु उपचारपछि सामान्य जीवनमा फर्किए तर प्याकुरेलको मेरुदण्ड (स्पाइनल कर्ड) भाचिएकाले उनी २९ महिनादेखि ओछ्यानमा सुतेरै महिनाहरू विताईरहेका छन् ।

nayapage
प्याकुरेलको छाती मुनिको भाग चल्दैन, दिशा पिशाव समेत ओछ्यानमै हुन्छ, खुट्टा बिस्तारै सुक्न थालेको छ, खुट्टाका नंग गाडिएर ईन्फेक्शन हुन थालेको छ । ३९ वर्षीय प्याकुरेल मुढा झैँ लडिरहेका छन् । अशक्तताको पीडा त उनले झेलीरहेकै छन् श्रीमती ७ वर्षीय छोरी र डेढ वर्षका छोरा सहित बडा बाबाका छोरा तुलसी प्याकुरेलको घरमा आश्रय लिएर बस्नु पर्ने र परिवारको लालनपालन र शिक्षा दिक्षा थप पीडा बनेको छ ।
उनी दुर्घटनामा परेपछि बस व्यवस्थापकले सकेसम्म उपचार खर्च गरे, ठिक हुन असम्भव भएपछि क्षतिपूतिबापत पाएको ५ लाख रकम बराह ऋण तथा बचत सहकारीमा राखेर त्यसबाट आउने मासिक साढे सातहजार रुपैयाँ ब्याजबाट उनको परिवार चलिईरहेको छ ।
उनको दयनिय अवस्था देखेर मजदुर तथा पत्रकारहरुको समूहले सोमबार १५ हजार ४ सय ७५ रुपैयाँ उनको निवासमै पुगेर हस्तान्तरण गरे । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, धरानका अध्यक्ष कमल भटराई, गोविन्द गिरी तथा पत्रकारहरु जनकऋृषि राई, रोहित राई, विकास चाम्लिंग, धिरेन लिम्बु, किशोर थुलुंग, सबिता चाम्लिंग, दिनेश गजमेर, रणध्वज लोहार एवं युवा नेता दीपक बनेपाली लगायतका समूहले तिहारमा देउसी खेलेर संकलित रकमबाट १० हजार रुपैयाँ र साइक्लिङमार्फत पर्यटन प्रर्वद्धनमा सक्रिय टक्स माउण्टेन बाइकका सञ्चालक कृष्ण केसीले वर्षभरि दिनमा एक कप चिया बराबर १५ रुपैयाँ बचाएको ५ हजार ४ सय ७५ रुपैयाँ प्याकुरेललाई सोमबार प्याकुरेलको निवासमा पुगेर हस्तान्तरण गरिएको हो ।
रकम ग्रहण गर्दै उनले हाम्रो समूहलाई ओछ्यानबाटै अनुरोध गरे ‘सर म त कुनै पनि समय तलमाथि हुनसक्छु तर म जे भए पनि मेरो परिवारलाई आफ्नै घरमा राख्ने चाहाना छ ।’ प्याकुरेलले करिब १७ वर्ष पसलमा सेल्सको काम गर्दा आर्जन गरेको रकमले धरान १५ महादेव चोकमै ७ धुर जग्गा जोडेका रहेछन् । जग्गा किने लगतै उनी दुर्घटनामा परेपछि घर बनाउने उनको सपना पनि दुर्घटनामा पर्‍यो । तर उनको घर सपना अझै मरेको छैन ।
पीडामा बांचीरहेका प्याकुरेलको त्यही सपनामा साथ दिन पत्रकारहरु, मजदुरहरू हातमा हात मिलाउदै कम्मर कसेर लागेका छन् त्यही अभियानमा सङ्खुवासभाका युवा व्यवसायी सन्तोष राईले घरका लागि चाहिने सम्पूर्ण जस्तापाता उपलब्ध गराउने प्रतिबद्धता फेसबुक मार्फत गरिसकेका छन् । हामी सबैले आ आफ्नो स्थानबाट सकेको सहयोग गर्ने उद्धघोष गर्‍यौँ भने एउटा असहायका परिवार एउटा सानै भए पनि आफ्नै छाप्रोमा बस्न सक्ने छन् र एउटा अशक्त सपनाले साकार रूप लिनेछ ।
के तपाईहरु साथ दिन सक्नुहुन्छ ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७