दोस्रो अन्तर्राष्ट्रिय श्रृङ्खला : ब्याटिङमा सुधार गर्नुपर्ने चुनौती


८ माघ २०७५, मंगलवार
Cricket news prngy627Qd

काठमाडौं, ८ माघ । संयुक्त अरब इमिरेट्स (युएई) सँगको एक दिवसीय र टी–२० श्रृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ ।

Cricket news prngy627Qd

एक दिवसीय मान्यता पाएपछि नेपालको यो दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । प्रशिक्षणका क्रममा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले यूएइविरुद्धको श्रृङ्खला जित्नु नै मुख्य लक्ष्य भएको बताए ।

नेपाली टोलीका नियमित सदस्य शरद भेषवाकर भने यस पटक टोलीमा छैनन् । महत्पूर्ण सदस्य टोलीमा नहुँदा प्रतियोगितामा दबाब भने रहने कप्तान खड्काको भनाइ छ । बिरामी भएपछि शरदले नाम फिर्ता लिएका हुन् । उनलाई ठीक हुन तीन–चार हप्ता लाग्ने बताइएको छ । ‘मुख्य गरी हामीले ब्याटिङमा विशेष सुधार गर्नुपर्ने छ’, कप्तान खड्को भनाइ छ ।

युएईसँगको खेलका लागि चार युवा खेलाडीले ‘सिनियर’ टोलीमा स्थान बनाएका छन् । अविनाश बोहरा, भीम सार्की, पवन सर्राफ र सन्दीप जोराले सिनियर टिममा स्थान बनाएका हुन् । नेपालले यही माघ ११, १२ र १४ गते एक दिवसीय श्रृङ्खला र माघ १७, १८ र २० मा टी–२० श्रृङ्खला खेल्ने छ ।

एक दिवसीय मान्यता पाएपछि युएईविरुद्धको श्रृङ्खला नेपालका लागि दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय श्रृङ्खला हुनेछ । विश्व क्रिकेट परिषद् (आइसिसी) बाट एक दिवसीय मान्यता पाएपछि नेपालले नेदरल्याण्ड्ससँग पहिलो एक दिवसीय श्रृङ्खला खेलेको थियो । दुई खेलको श्रृङ्खला एक–एक जीतको बराबरीमा सकिएको थियो ।

नेपालले गत वर्ष जिम्बाबेमा भएको विश्वकप छनोटबाट एक दिवसीय मान्यता पाएको थियो । युएईले पनि विश्वकप छनोटबाट एक दिवसीय मान्यता पाएको थियो । आइसिसीबाट एक दिवसीय मान्यता पाउने नेपाल कान्छो टोली हो । युएई भ्रमणका लागि पारस खड्काको कप्तानीमा १६ सदस्यीय टोली रहेको छ ।

उक्त प्रतियोगिताका लागि छनोट हुने खेलाडीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, प्रदीप ऐरी, सोमपाल कामी र विनोद भण्डारी छन् । त्यस्तै भीम सार्की, अविनाश बोहरा, पवन सर्राफ र सन्दीप जोराले राष्ट्रिय टोलीमा पहिलोपटक स्थान बनाएका छन् । वैकल्पिकतर्फ ललितसिंह भण्डारी, विक्रम सोब र सुशन भारी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७