आठ जना घाइते हुने गरि देउवाले सम्बोधन गरिहेको सभास्थलमा बम विस्फोट भएपछि…


१२ मंसिर २०७४, मंगलवार
sher bahadur deuba 1

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरिहेको चुनावी सभामा बम विस्फोट भएको छ ।  दाङको तुलसीपुरमा नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गरिरहँदा अज्ञात समूहले बम बिस्फोट गराएको प्रहरीले जनाएको छ ।sher bahadur deuba 1

सभा स्थलभन्दा करिब ५ सय मिटर दक्षिणतर्फ गराएको बम बिस्पोटमा ८ जना घाइते भएका छन् । घाइते हुनेहरुमा तुलसीपुर १८ का ६ की २३ बर्षीय जेनी वली, शान्तिनगर गाउँपालिका २ का ५० वर्षीय हिमलाल राम्जाली, बबई गाउँपालिका ६ का ३६ वर्षीय नेबबहादुर खत्री, १८ वर्षीया सुनिता चौधरी, सल्यान थारमारेकी ४० वर्षीया देवी डीसी, सल्यानको ढोरचौरकी ४५ वर्षीया नरवनी बुढा, तुलसीपुर १८ का २३ वर्षीय विनोद चौधरी रहेका छन् ।
उनीहरु मध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । नाकमा चोट लागेका म्यादी प्रहरी चौधरी र ढाडमा चोट लागेको देबी डीसीको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि एम्बुलेन्समार्फत् बाँकेको नेपालगञ्ज पठाइएको छ । अन्य घाइतेहरुको अञ्चल अस्पताल तुलसीपुरमै उपचार भैरहेको छ ।

Tulasipur bomb

बम बिस्फोट गराउने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । सभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य बालकृष्ण खाँडलगायतका नेताहरु चुनावी सभामा पुग्दै गर्दा करिब २ सय मिटर टाढा बम बिष्फोट भएको थियो । प्रत्यक्षदर्शीका अनुसार एकजना अज्ञात व्यक्ति बम फ्यालेर गएलगत्तै विष्फोट भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७