बम दिदी-बहिनी निर्दोष : प्रहरी प्रवक्ता सुवेदी


८ माघ २०७५, मंगलवार
Police Spokesperson

काठमाडौं, ८ माघ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले निर्मला हत्या प्रकरण प्रहरी संगठनका लागि पनि प्रतिष्ठाको विषय बनिरहेको बताएका छन् ।

Police Spokesperson

निर्मला हत्या प्रकरणकै कारण प्रहरीमाथि नागरिकले प्रश्न उठाएका कारण आफूहरुले उक्त घटनालाई पहिलो प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने, ‘ निर्मला प्रकरणमा प्रहरी संगठन इमान्दारिताका साथ रात–दिन खटिरहेको स्पष्ट पारेका छन् । उनले आफूहरुले गरेको मेहनतले ढिलो चाँडो अपराधी कठघरामा आउने समेत दावी गरे ।

निर्मला हत्या प्रकरणमा मुछिएका बम दिदी बहिनी निर्दोष रहेको पनि प्रहरी प्रवक्ता सुवेदीले बताएका छन् । उनले भने, ‘नेपालको प्रचलित कानून र संविधानले पनि कानून बमोजिम प्रमाणित नहुञ्जेलसम्म उसलाई दोषी भन्न मिल्दैन् । मलाई त कहिलेकाहीँ दुःख लाग्छ, यी कुराहरु नआई दिएको भए हुन्थ्यो जस्तो लाग्छ ।’

उनले थपे, ‘नेपाल प्रहरीको प्रवक्ताको हैसियतले मैले भन्दाखेरी निजहरुको विरुद्धमा कुनै प्रमाण अथवा साक्षात्कारमा बोल्दै प्रवक्ता सुवेदीले निर्मला हत्या प्रकरणमा आजको मितिसम्म संगठनलाई कुनै पनि राजनीतिक दबाब नआएको पनि स्पष्ट पारेका छन् ।

उनले भने, ‘राजनीतिक प्रभाव अथवा दबाबले कुनै घट्नालाई यति समयसम्म नेपाल प्रहरीले सहेर, कुनै व्यक्तिले कहिलेकाहीँ कुनै अमुक केशमा कुनैमा सहेको हुँदो होला, संस्थाले कहिल्यै पनि पनि सहँदैन् । त्यसमा पनि यो केशमा कतैबाट दबाब आएकै छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७