गोंगबुमा गोली चल्यो


८ माघ २०७५, मंगलवार

काठमाडौं, ८ माघ । काठमाडौंको गोंगबुमा गोली चलेको छ । गोंगबुको होटल नक प्रा.लि.मा हतियारसहित हिँडिरहेको सूचना पाएपछि परिसरबाट गएको प्रहरीले टोलीले गोली चलाएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी वसन्त लामाले सुचना पाएर गएका प्रहरीमाथि जाइलागेपछि गोली चलाएको बताए । प्रहरी टोलीले एक जना हतियार कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेका अभिलास तामाङ छन् । उनको खुट्टामा गोली लागेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७