मन्त्री मगरले विदेश भ्रमणको फाइल स्वीकृत नगरी दिएपछि सहसचिव पाण्डे उत्रिए मन्त्रीबिरुद्ध

सहसचिव पाण्डेको आरोप पूर्वाग्रही र अनुशासनहीनताको पराकाष्ठा : खानेपानी मन्त्रालय


८ माघ २०७५, मंगलवार
राजनराज पाण्डे

काठमाडौं, ८ माघ : खानेपानी मन्त्रालयका वरिष्ठ सहसचिव राजनराज पाण्डेले खानेपानी मन्त्री विना मगर र सचिव गजेन्द्र ठाकुरमाथि लगाएको आरोपको खण्डन गरेको छ । भनेको छ, ‘सहसचिवजस्तो सार्वजनिक पदमा आसिन व्यक्तिबाट यस किसिमका अभिव्यक्ति आउनु आफैंमा दुःखलाग्दो र लाजमर्दो कुरा हो । सहसचिव पाण्डेले माननीय मन्त्रीज्यूप्रति लगाएको आरोप वास्तवमा पूर्वाग्राही र अनुशासनहीनताको पराकाष्ठा हो ।’

राजनराज पाण्डे

राजनराज पाण्डे


मंगलबार साझ मन्त्रायलका उपसचिव तथा मन् त्री मगरका नीजि सचिव गुणराज श्रेष्ठले विज्ञप्ति जारी गरेर आरोपको खण्डन गरेका हुन् । मन्त्रालयमा हाजिर गरिरहेका सहसचिव पाण्डेलाई ६ महिनादेखि जिम्मेवारीविहीन बनाएको भन्दै उनले आफ्नो अर्धवार्षिक कार्यसम्पादन मूल्यांकन फारममा आफू घुस नखाने कर्मचारी भएकाले मन्त्री र सचिवले कुनै पनि जिम्मेवारी नदिएको उल्लेख गरेका थिए । यो फारम उनले फेसबुकमा समेत पोस्ट गरेका छन् ।

विदेश भ्रमण रोकेको कारण उनले मन्त्रीमाथि प्रतिशोध साधेर यस्तो आरोप लगाएको विज्ञप्तिमा उल्लेख छ । भनिएको छ, ‘नेपाल सरकारको अनावश्यक विदेश भ्रमण नगर्ने नीति रहेको तथा मन्त्रालयले पनि अति आवश्यक काम बाहेक विदेश भ्रमण नगर्ने नगराउने निर्देशन गरेको हुँदा निजको विदेश भ्रमण सम्बन्धी फाइल मन्त्रीज्यूले स्वीकृत नगरिदिएपछि निजले मन्त्रीज्यूलाई उल्टै औंला ठड्याई कार्यालय बाहिर निस्किएको र यसको प्रतिशोधको रुपमा माननीय मन्त्रीज्यूलाई लाञ्छना लगाई अमर्यादित रुपमा मिडियाबाजी गर्दै अनुशासनहीन गतिविधि गरिरहेको हुँदा यस्ता भ्रामक समाचारको विश्वास नगर्न आम जनसमुदायमा अपिल गर्दछौं ।’

Press note of Bina Magar



यसअघि सहसचिव पाण्डेलाई नेपाल सरकारले प्रदेश नं. ७ को भौतिक पूर्वाधार मन्त्रालयको सचिव पदमा कामकाज गर्न सरुवा गरी पठाएको थियो । तर, प्रदेश नंं. ७ को उक्त मन्त्रालयमा निजले संघीयता विरोधी कुरा गरी अन्य कर्मचारीहरुलाई समेत प्रदेश कार्यालयमा बस्न हुँदैन भनी भड्काएको विज्ञप्तीमा जनाइएको छ । उनले चिवजस्तो महत्वपूर्ण पदको कुनै जिम्मेवारी नै बहन नगरेकोले प्रदेश नं. ७ को सरकारले सामान्य प्रशासन मन्त्रालय मार्फत गत भदौ महिनामा खानेपानी मन्त्रालयमा उनलाई फिर्ता मन्त्रायले जनाएको छ ।

यही कारण उनको दरबन्दी मन्त्रालयमा नभएकाले यस मन्त्रालयमा निजको जिम्मेवारी तोक्न सकिने अवस्था नभएको जनाएको छ । मन्त्रालय अन्तर्गतका अन्य निकायहरुमा शाखा तोक्न छलफल गर्दा पनि उनले नमानको मन्त्रालयको दाबी छ ।

विज्ञप्तीका अनुसार पाण्डे आफ्नो निजी सक्रियतामा सहभागी हुनका लागि मन्त्रालय समक्ष फाइल पेश गरेका थिए । नेपाल सरकारको अनावश्यक विदेश भ्रमण नगर्ने नीति रहेको तथा मन्त्रालयले पनि अति आवश्यक काम बाहेक विदेश भ्रमण नगर्ने नगराउने निर्देशन कारण मन्त्री मगरले फाइल स्वीकृत नगरिदिएपछि उनले उल्टै मन्त्रीज्यूलाई उल्टै औंला ठड्याई कार्यालय बाहिर निस्किएका थिए । यही प्रतिशोधले उनले मन्त्रीमाथि प्रचार बाजी गरेको मन्त्रालयको दाबी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७