स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३२ औं साधारण सभाः १७.५० प्रतिशत नगद लाभाँश पारित


८ माघ २०७५, मंगलवार
Fullscreen capture 012219 064239 PM YgEjsG0PdH

काठमाडौं,माघ ८ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३२ औं वार्षिक साधारणबाट शेयरधनीहरुलाई १७।५० प्रतिशतका दरले नगद लाभाँश वितरण गर्ने प्रस्ताव अनुमोदन भएको छ ।

Fullscreen capture 012219 064239 PM YgEjsG0PdH

बैंकको संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७४र७५ को लागि यसका शेयरधनीहरुलाई १७।५० प्रतिशतका दरले नगद लाभाँश वितरण गर्ने प्रस्तावलाई साधारण सभाले अनुमोदन गरेको हो । स्ट्याण्डर्ड चार्टर्डले आर्थिक वर्ष २०७४र७५ मा खुद नाफा तर्फ २१९ करोड र संचालन मुनाफा तर्फ ३३५ करोड आय आर्जन गरेको छ ।

आ।व।२०७४र७५ को अन्त्यसम्ममा बैंकले गत वर्षको जोखिम सम्पतिको रु।४४५६ करोडको तुलनामा १६ प्रतिशतको सबल वृद्धि गर्न सक्षम भएको छ । यसैगरी बैंकको निक्षेप संकलन १२ प्रतिशतले बढेर ६७०६ करोड पुगेको छ ।

बैंकका अध्यक्ष जितेन्द्र अरोडाले उक्त अवसरमा बैंकका सबै लगानीकर्ताहरु, सेवाग्राहीहरु, नियमक निकायहरु र अन्य शेयरधनीहरुलाई उनीहरुको निरन्तर सहयोग र साथको लागि हार्दिक धन्यवाद ज्ञापन गरे । साथै उनले बैंकको प्रगतिमा निरन्तर सेवारत कर्मचारीहरुलाई पनि उनीहरुको प्रतिबद्धता र योगदानको कदर गर्दै भविष्यमा पनि यसरी नै बैंकको उत्तरोत्तर प्रगतिमा जुटिरहन आग्रह गरे ।

अरोडाले भने, ‘हामी अहिले दिगो मुनाफा वृद्धिलाई कायम गर्ने दिशामा अग्रसर छौं । हामीले अझै हाम्रो सम्पूर्ण ध्यान हाम्रा ग्राहकहरुलाई प्रदान गर्ने सेवामा सुधार गर्ने, हाम्रा लगानीकर्ताहरुका लागि उत्तम प्रतिफल प्रदान गर्ने र हामीले सेवा पु¥याइरहेका समुदायहरु प्रति अझै बढी जिम्मेवार बन्नमा केन्द्रित गर्नु पर्दछ ।

साथै हामीले नेपालको आर्थिक विकासमा सहयोग गर्ने हाम्रो कटिबद्धता पूरा गर्न हाम्रा ग्राहकहरु र सेवाग्राहीहरुलाई विभिन्न प्रकारबाट सहयोग प्रदान गर्न पनि पछि पर्नु हुँदैन ।’

साधारण सभाले सर्वसाधारण शेयरधनीहरुका तर्फबाट बैंकको नयाँ संचालक सदस्यमा भरत कुँवरलाई नियुक्त गरेको छ । बैंकमा स्ट्यान्डर्ड चार्टर्ड समूहको ७०.२१ प्रतिशत र सर्वसाधारणको २९।.७९ प्रतिशत शेयर रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७