टुटलको आवरणमा भ्याट असुली


९ माघ २०७५, बुधबार
tutal

काठमाडौं, ९ माघ । टुटलका नाममा मोटरसाइकलमा यात्रु बोक्ने सेवा व्यापार गरिरहेको हाइपर लुक्स नेपालले मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता नभई सेवाग्राहीबाट भ्याट असुली गरेको खुलेको छ ।

tutal

मुलुकको कानुनअनुसार कुनै पनि कम्पनी वा संघसंस्था भ्याटमा दर्ता भएर आधिकारिक नम्बर नलिएसम्म भ्याट असुली गर्न पाइँदैन । तर हाइपरले भ्याटमा दर्ता नभई मोटरसाइकलको सेवा लिने यात्रुबाट कुल भाडामा १३ प्रतिशत भ्याट जोडेर रकम लिँदै आएको छ । नागरिकलाई हाइपरले भ्याट लिएको आधिकारिक बिल प्राप्त भएको छ ।

हाइपरले भ्याटमा दर्ता नभई झण्डै १९ महिना मोटरसाइकलको सेवा लिने सेवाग्राहीबाट भ्याट उठाएको छ । उसले सन् २०१७ जनवरीदेखि २०१८ जुलाईसम्म भ्याट उठाएको थियो । उक्त कम्पनीले १९ महिनामा भ्याट कति असुली गरेको छ भन्ने तथ्यांक भने फेला परेको छैन ।

यसको कारोबार हेर्दा कम्पनीले १९ महिनामा करोडौं भ्याट असुली गरेको देखिन्छ । यो समाचार आजको नागरिकबाट लिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७