कार्डिफ सिटीका स्ट्राइकर साला चढेको जहाज बेपत्ता


९ माघ २०७५, बुधबार
sala nS0lQFZGBL

काठमाडौं, ९ माघ । कार्डिफ सिटीका स्ट्राइकर इमिलियानो साला सवार हवाई जहाज सम्पर्कविहीन भएको छ ।

sala nS0lQFZGBL

अर्जेन्टिनामा जन्मिएका २८ वर्षीय सालासँगै अर्का पिपियर मालिबु नामक व्यक्ति सवार हवाई जहाज सोमबार राति सम्पर्कविहीन भएको थियो । उनी च्यालन आइल्याण्डतर्फ गएको बताइएको छ ।

कार्डिफ सिटीले शनिबारमात्र यी खेलाडीलाई फ्रेन्च क्लब नान्टेबाट क्लबकै कीर्तिमानी रकममा अनुबन्ध गरेको थियो । उनलाई कति रकममा क्लबमा भित्राएको हो भन्ने खुलासा कार्डिफले नगरेपछि ११ मिलियन पाउण्ड भन्दा बढी रहेको बुझिएको छ । साला बेपत्ता भएको खबरले कार्डिफले ‘स्तब्ध’ भएको प्रतिक्रिया दिएको छ ।

घटनाको अनुसन्धान गरिरहेको प्रहरीले पनि हवाई जहाजको कुनै सुराक नभेटेको जनाएको छ । यसैबीच च्यानल आइल्याण्ड एयर सर्चका प्रमुख जोन फिजराल्डले भने हराएको जहाजमा रहेका व्यक्ति जीवित भेटिने सम्भावना न्यून भएको प्रतिक्रिया दिएका छन् ।

‘समुद्रको तापक्रम र अवस्थालाई मध्यनजर गर्ने हो भने जहाजमा सवार व्यक्ति जीवितै भेट्ने सम्भावना न्यून छ’, फिजराल्डलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७