आइजीपीसँगै घुस असुली


९ माघ २०७५, बुधबार

काठमाडौं, ९ माघ । जिउमा बर्दी हुँदामात्र रहेछ, शान र मान । बर्दी उत्रिएको हाकिमको हाल कस्तो हुन्छ भन्ने कुरा नेपाल पुलिसका एकजना अवकाशप्राप्त आइजीपीले केही दिनअघिमात्र भोगे, अर्काथरि कर्मचारीलाई घुस खुवाएर काम लिनुपर्दा ।

nepal police WW1clRuZ8f

आफ्नो पुख्र्यौली जग्गा बेच्ने क्रममा भूपू आइजीसा’बले पाँच हजार कोशेली चढाउनुपर्ने देश हो यो । भूतपूर्व भएको आइजीले पेन्सनबापत महिनावारी ३२–३३ हजार रुपैयाँ पाउँछ । बहालवालाले पाउने तलब करिव ४५ हजार हो । त्यस्तो अवस्थामा छोरा–छोरीले ‘म एमबिबिएस पढ्छु’ भन्यो भने डेढ करोड, विवाह गर्छु भन्यो भने २५ लाख तुरुन्तै तयार पार्नुपर्ने बाध्यता छ ।

पढाई उस्तै महंगो । रातो बंगला, युलेन्सजस्ता स्कुलमा मासिक शुल्कमात्रै ३० हजार । भर्ना शुल्क अलग्गै डेढ लाख छ । बजार भाउ त्यत्तिकै अत्यासलाग्दो ! त्यसकारण पाइला पाइलामा घुस खुवाउनुपर्ने दुःखमा श्रमजीवीदेखि आइजीपीसम्म परेका छन् । समाज यही हो, देखाउनकै लागि खर्चालु हुनुपर्ने बाध्यता छ । त्यसैले त हो, सुब्बा, खरिदारहरु जम्मा ६ हजार घुसमा समातिएका समाचार छ्याप्छ्याप्ती आउने गरेको ! यो समाचार जनआस्था साप्ताहिकमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७