निलाम्बरको एग्रिमो आयो, लक्कीको बहिर्गमन कहिले ?


९ माघ २०७५, बुधबार
lakki sherpa

काठमाडौं, ९ माघ । लामो रिक्ततापछि सिफारिस गरिएका राजदूतको एग्रिमो आयो । तर, प्रक्रिया मिलाउने नाममा झण्डै दुई हप्तापछिमात्र जाने वातावरण बनेको छ ।
यो प्रसंग हो, भारतको लागि तोकिएका नीलाम्बर आचार्यको ।

lakki sherpa
निलाम्बर आचार्य र लक्की शेर्पा

गत बिहीबार सिफारिश स्वीकार गरिएको (एग्रिमो) परराष्ट्रले पाएको छ । यो खबर सुनेपछि नीलाम्बरले शुक्रबार भेट्न समय मागेका थिए । तर, आइतबार स्वीट्जरल्याण्डको डाबोस जाने तयारीमा रहेका प्रमले उताबाट फर्किएपछि भेट्ने समय दिए । जनआस्थाले सोध्दा भने, ‘अब प्रधानमन्त्रीज्यू फर्किनुहुन्छ, म उहाँलाई भेटेर आवश्यक निर्देशन लिन्छु । त्यसपछि मैले नियुक्तिपत्र पाउनुपर्छ, शपथ खानुपर्छ अनिमात्र जाने बाटो खुल्छ ।’ उनीसँग पत्नी र एकजना घरायसी सहयोगीमात्र दिल्ली जाने भएका छन् ।

राजदूतको सचिवालयमा काम गर्ने कर्मचारीको संख्या अपुग भएको अवस्थामा मात्रै स्वकीय सचिव, सवारी चालक नियुक्त गर्ने, नत्र सरकारी कर्मचारीबाटै काम लिने मनस्थितिमा उनी छन् । ‘यी प्राविधिक विषयमात्रै हुन्, मुख्य त मैले गर्नुपर्ने काम के–के हुन्, कुन कामको प्राथमिकता कति हो भन्ने कुरा प्रधानमन्त्रीज्यूले डाबोसबाट फर्किएर भन्नुुहुन्छ, लाइन मिनिष्ट्री (परराष्ट्र) ले पनि आवश्यक कुराहरु बताउनेछ’, नीलाम्बरले भने ।

उता, कारवाहीको तयारी चलिरहँदा सुटुक्क अष्ट्रेलिया उडेकी राजदूत लक्की शेर्पा दुई हप्ताभित्र फर्किने भएकी छन् । उनले आफ्ना सरसामान फिर्ता ल्याउनका लागि पदमा बहाल भएकै बेला अष्ट्रेलिया जाने चाहना पार्टीका अध्यक्षद्वयलाई सुनाएकी थिइन् । उनलाई कारवाही गर्ने गरी परराष्ट्र मन्त्रालयले उठाएको टिप्पणीको कागज मन्त्रिपरिषद् सचिवालयबाट फिर्ता नभएका कारण कारवाही स्थगितसम्म भएको हो । लक्कीनिकटस्थहरुले उनले आएलगत्तै राजीनामा दिने बताएका छन् । यदि राजीनामा दिइनन् भने मन्त्रिपरिषद्ले उनको नियुक्ति रद्द वा बर्खास्त गर्ने अधिकार राख्छ । यो समाचार आजको जनआस्था साप्ताहिकमा लिइएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७