रुस्लानको ब्रान्ड एम्बेसडरमा क्रिकेट खेलाडी पारस, ज्ञानेन्द्र र शरद नियुक्त


९ माघ २०७५, बुधबार
IMG 7587 3

काठमाडौं,९ माघ । नेपालको सर्वाधिक लोकप्रीय व्राण्ड रुस्लानले क्रिकेट क्षेत्रका बहु प्रतिभाशाली खेलाडी पारस खड्का, ज्ञानेन्द्र मल्ल र शरद भेष्वाकरलाई आफ्नो ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ ।


एक वर्षको उक्त सम्झौता मुलतःप्रथमिकतहको क्रिकेट विकासमा केन्द्रित रही देशका क्रिकेट विकास र प्रचारमा योगदान दिने छ ।

पारस, ज्ञानेन्द्र र शरदलाई रुस्लान सँग जोड्न पाएकोमा निकै खुसि छौ । खेलकुद क्षेत्रमा ठुलो योगदान दिई नेपाललाई विश्व सामु चिनाउन सफलयी उत्कृष्ट क्रिकेट खेलाडीहरु जसले देशको क्रिकेट विकासमा ठुलो भूमिका निर्वाह गर्नेमा बिस्वस्त रहेको कुरा जावलाखेल ग्रुप अफ इण्डस्ट्रिसका प्रबन्ध निर्देशक राजबहादुर शाहले बताए ।

नेपालकै मुख्य खेलहरु फुटबल र क्रिकेट संग रुस्लानले लामो समय देखि सहकार्य गर्दै आएको र भविस्यमायी खेलहरुलाई अझै विकास गर्न रुस्लानले पूर्ण समथर्न गर्ने कुरा जावलाखेल ग्रुप अफ इण्डस्ट्रिसका ग्रुप कार्यकारी निर्देशक शशिन जोशीले सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बताए ।“विश्वास, उत्कृष्टता र दृढता नेतृत्वको आधार हुन, यीनै विशेषतासंग जोडिएर खेलकुदको क्षेत्रमा रुस्लानले आफुलाई दरिलो रुपमा प्रस्तुतगर्दै आएको छ।”

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७