काठमाडौंको वर्षा र वाध्यता… (फोटोफिचर)


९ माघ २०७५, बुधबार
barsat

काठमाडौं, ९ माघ । आज उपत्यकासहित देशमा धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावले पूर्वका थोरै र मध्य तथा पश्चिममा धेरै ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

barsat
झरीमा गनतव्यतर्फ जाँदै पैदल यात्रु… । माइतीघर तिनकुने सडक खण्ड अन्र्तगत बुधबार झरीमा गनतव्यतर्फ जाँदै पैदल यात्रु । तस्वीर : रासस

महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार यो प्रणाली अहिले पूर्वतिर सरिरहेकाले बुधबार काठमाण्डौसहित पूर्वका धेरै ठाउँमा दिनभरी नै पानी पर्नेछ । पश्चिममा पनि मौसम खुल्ने सम्भावना छैन ।

बुधबार रातिदेखि यो प्रणाली कमजोर भएपछि बिहीबार देशभरी कै मौसम सुधार हुनेछ । झरीका कारण काठमाडौं उपत्यकाबासीको दिनचर्चामा खलबल आएको छ । झरीले उपत्यकामा धूलो मारेको भए पनि विभिन्न सडक खण्ड हिलाम्य भएको छ । पानी परेसँगै चिसो समेत बढेको छ । मानिसहरु पानी परेका कारण बाक्लो कपडामा देखिएका छन् ।विद्यालय, कलेज र कार्यालय जानेहरुलाई झरीले समस्यामा पारेको छ ।

मौसमविद् श्रेष्ठका अनुसार शुक्रबारदेखि फेरि अर्को प्रणाली आउन लागेकाले देशभरीकै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने उनको अनुमान छ । बुधबार दिउँसो पानी पर्ने भएकाले देशभरीकै अधिकतम तापक्रम घटेर चिसो हुने मौसमविद् समिर श्रेष्ठको भनाइ छ । पानीसँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ पनि परेकाले पानी पर्न रोकिएपछि देशभर चिसो बढ्ने छ ।

हेर्नुस्

barsa1
माइतीघर तिनकुने सडक खण्ड अन्र्तगत बुधबार झरीमा गनतव्य तर्फ जाँदै गरेको सवारी साधन कार । तस्वीर : रासस
jhari
माइतीघर तिनकुने सडक खण्डमा बुधबार परेको झरीको दृश्य ।। तस्वीर : रासस
Rss Images 1548219228711 RoS Ktm2

सवारी साधनमा यात्रु… । माइतीघर तिनकुने सडकबाट बुधबार नयाँ बानेश्वरको सडकमा सवारी साधनमा यात्रु झरी मा गत्तव्यतर्फ जाँदै । तस्वीर : रासस









प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७