डाभोस विश्व आर्थिक मञ्च : नेता, व्यवसायी, अर्थविद् र अनुसन्धाताको कुम्भ मेला


९ माघ २०७५, बुधबार
KP oli

डाभोस (स्वीटजरल्याण्ड), ९ माघ । विश्व आर्थिक मञ्च अर्थात् डाभोस फोरमको वार्षिक बैठक विश्वका राजनीतिक नेता, अर्थ्विद्, प्राविधिक, अनुसन्धाता तथा नागरिक समाजका अगुवाको कुम्भ मेलाका रुपमा मङ्गलबार आरम्भ भएको छ ।

KP oli
l:j6\h/Nof08sf] 8fef];df cfof]lht ljZj cfly{s d~rsf] …blIf0f Pl;ofdf /0fgLlts kl/b[ioÚÚ ljifos 5nkmn sfof{qmddf af]Ng’x’Fb} k|wfgdGqL s]kL zdf{ cf]nL . t:jL/ M ;f}HoGo jN8{ Osf]gf]lds kmf]/dsf] nfOe lkmª÷/f;;

माइनस १० डिग्रीको चिसो र जताततै हिउँ नै हिउँले ढाकिएको वातावरणमा विश्वको आर्थिक अवस्थामा सुधार कसरी ल्याउने भन्नेमा चिन्तन मनन गर्न यी उच्च प्रतिनिधि व्यस्त रहेका छन् । यतिबेला, करीब ११ हजार मात्र जनसङ्ख्या बसोबास गर्ने डाभोस क्लोस्टर्स शहरका होटल विश्वभरका आगन्तुकले भरिएका छन् ।

मञ्चका संस्थापक तथा वर्तमान अध्यक्ष क्लाउस स्वाबले विश्वभरबाट भेला भएका करीब १०० देशका तीन हजार प्रतिनिधिलाई स्वागत गर्दै विश्वले सामना गरिरहेका प्रतिकूल परिस्थतिलाई मिलेर समाधान काम गर्नुपर्ने बताए । उनले जलवायु परिवर्तनका असर, गरीबी निवारण तथा बालबालिकाको शिक्षाको सुनिश्चितका लागि सबैले योगदान गर्नुपर्ने बताए ।

स्विट्जरल्याण्डका राष्ट्रपति उइली माउररले डाभोस मञ्चले कुनै भेदभाव नगरी सबैको आपसी सहयोगबाट विश्वका समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गरेका छन् । सो सत्रमा माइक्रोसफ्ट कम्पनीका कार्यकारी प्रमुख सत्य नाडेल्लालगायत विश्वलाई नै प्रतिनिधित्व गर्ने सार्वजनिक क्षेत्रका चर्चित र सफल युवाले आफ्नो अनुभव प्रस्तुत गरेका थिए । उनीहरुले स्थानीयकरणले नै विश्वव्यापीकरणलाई सघाउने बताएका थिए ।

सत्रको सहअध्यक्षता गर्ने युवा बसिमा अब्दुलरहमान, हुआँ डेभिड अरिस्टीजवाल, नूरा बेरुवा, जुलिया लुस्कोम्बे, मोहम्मद हसन मोहमुद, सत्य नाडेल्ला र अकिरा साकानोले आफ्ना सफलता र आफ्नो क्षेत्रबाट के कसरी योगदान गरी विश्वको मुहार फेर्न सकिन्छ भन्नेबारे आफ्ना अनुभव प्रस्तुत गरेका थिए ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली प्रथम पटक प्रधानमन्त्रीस्तरमा यस मञ्चमा सहभागी भएका छन् । सो अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीलगायत छन् ।

सम्मेलन स्थलमा प्रधानमन्त्री ओलीले स्विट्जरल्याण्डका पूर्व राष्ट्रपति अलाइन बर्सेटसँग भेटवार्ता गरेका छन् । उनीहरुबीच यसअघि संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा पनि भेट भएको पूर्व राष्ट्रपतिले सम्झना गरेको प्रधानमन्त्री ओलीले बताए ।

उद्घाटनपछि प्रधानमन्त्री ओलीले ‘दक्षिण एशिया : एक रणनीतिक दृष्टि’ शीर्षकको परिसंवाद कार्यक्रममा वक्ताका रुपमा भाग लिएका थिए । नेपालको द्वन्द्वपछिको अवस्थामा शान्ति प्रक्रिया हुँदै संविधान निर्माण गरी कसरी मुलुक परिवर्तन र समृद्धिको बाटोमा अघि बढाइरहेको छ भनी सञ्चालक पान्गेस्तुले सोध्दा प्रधानमन्त्री ओलीले वार्ताबाट द्वन्द्व समाधान गरेको र नेपालमा संविधान जारीपछि कानूनी संरचना निर्माण गरेर दुई छिमेकी देश चीन तथा भारतलगायत सार्क राष्ट्रसँग मजबुत सम्बन्ध निर्माण गरी ‘समृद्ध नेपाल सुखी नेपाली’ को लक्ष्य प्राप्तिका लागि अघि बढेको बताए ।

त्यसअघि प्रधानमन्त्री ओलीले जर्मनीका ‘डिडब्लु टिभी’ तथा चीनको ‘सिसिटिभी’ लाई अन्तरवार्ता दिँदै नेपालको विद्यमान विकास प्राथमिकता, आर्थिक वृद्धि तथा समृद्धिका लक्ष्य प्राप्त गर्न अपनाइएका नीति र कार्यक्रमका विषयमा जानकारी दिएका थिए ।

हिजै साँझ प्रधानमन्त्री ओली तथा श्रीमती शाक्य प्राध्यापक क्लाउस स्वाबले सरकार तथा राष्ट्र प्रमुखको सम्मानमा दिएको रात्रिभोजमा सहभागी भएका थिए । यसैबीच, अर्थमन्त्री डा. खतिवडाले अङ्कटाडका पदाधिकारीसँगको छलफलमा भाग लिएका छन् । सो अवसरमा विकासोन्मुख मुलुकमा वैदेशिक लगानी घटेकामा आफूले चिन्ता व्यक्त गरेको उनले जानकारी दिए ।

लगानी प्रक्रियालाई परिवर्तन गर्नुपर्ने र स्थानीय जनतालाई पनि शेयरमा सहभागी गराएर अपनत्व भएपछि मात्र कुनै पनि परियोजना सफल हुने आफूले बताएको राससलाई जानकारी दिए । यसका लागि नयाँ ढाँचा आवश्यक पर्ने र सरकारी, निजी तथा दातृ निकायसँगै बसेर गर्न सक्ने उनले बताए ।

सो अवसरमा अङ्कटाडकम वरिष्ठ निर्देशक जेम्स झानले भाग लिएका थिए । मङ्गलबार नै परराष्ट्र सचिव शङ्कर वैरागीले स्विस सङ्घीय परिषद्का मन्त्री पास्कल बाएरिस्विलसँग भेटवार्ता गरेका थिए । उनीहरुबीच द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो ।

अत्यन्त चिसो भए पनि सबैतिर हिउँले ढाकिएको वातावरणले डाभोसको सुन्दरतालाई अझ बढाएको छ । स्वयंसेवक र सुरक्षाकर्मीले अत्यन्त चुस्तरुपमा यस बृहत् भेलालाई व्यवस्थित गरिरहेका छन् । सम्भ्रान्तको क्लब पनि भनिने यस भेलामा चीनबाट पनि प्रतिनिधित्व हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यहाँको वातावरण अत्यन्त चिसो भएकाले हिउँ पर्ने तर पग्लन पनि नसकी थुप्रिने भएकाले जताततै हिउँको थुप्रोले सुन्दर आकृति पनि देखिन्छन् । प्रत्येक रुखले पनि हिउँकै भारी बोकेका छन् । सडक सञ्चालन गर्न नुन प्रयोग गरिने गरेको बताइन्छ । सडकमा भने खासै हिउँ देखिँदैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७