‘मणिकर्णिका’ करणी सेनाको निशानामा, अभिनेत्री कंगनाको घर घेराऊ


११ माघ २०७५, शुक्रबार
kangana

काठमाडौं, ११ माघ । बलिउड फिल्म ‘मणिकर्णिका’ भारतको राष्ट्रिय राजपुत करणी सेना (एसआरकेएस) नामक संगठनको निशानामा परेको छ ।

kangana

उक्त संगठनले फिल्ममा राखिएका दृष्यप्रति आपत्ति जनाउँदै प्रदर्शन गरिरहेको छ । करणी सेनाले बिहीबार पनि मणिकर्णिकाकी नायिका कंगना रनौतको घर घेराउ गरेको छ । करणी सेनाले यसअघि फिल्म ‘पद्मावत’ को पनि विरोध गरेको थियो ।

मणिकर्णिकामा कंगनाले रानी लक्ष्मीबाईको भूमिका निभाएकी छिन् । करणी सेनाले कंगनाले माफी माग्नुपर्ने बताउँदै आन्दोलन गरिरहेको छ ।

करणी सेनाका सदस्यले कंगनाको घर बाहिर धर्ना दिनको लागि अनुमति मागेको थियो, तर पुलिसले अनुमति दिएन। तर, जबरजस्ती धर्ना दिएपछि केहीलाई प्रहरीले पक्राउ गरेको छ ।

कंगनालाई जब करणी सेनाले फिल्म मणिकर्णिकाको विरोध गर्छ भन्ने थाहा भयो, उनी निकै रिसाइन् । यदि मणिकर्णिकालाई कुनै क्षति पुर्‍याएमा करणी सेनालाई त्योभन्दा पनि बढी क्षति पुर्‍याई दिने अभिव्यक्ति कंगनाले दिएकी थिइन् । यही कारण करणी सेनाका कार्यकर्ता कंगनाप्रति बढी नै आक्रोशित भएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७