शाहिद कपुरको फिल्म सुटिङका क्रममा दुःखद दुर्घटना, एक युवाको गयो ज्यान


११ माघ २०७५, शुक्रबार
sahid

काठमाडौं, ११ माघ । चलचित्र हेर्दा जति रमाइलो हुन्छ, यसको निर्माणमा आउने घटनाहरु केहि निकै दुःखद समेत हुने गर्छ ।

sahid

बलिउड नायक शाहिद कपुरको फिल्म ‘कबिर सिंह’ को सुटिङ मसुरीको एक होटलमा भइरहेको छ । यो फिल्म सुटिङको क्रममा एक जेनेरेटर अपरेटरको मृत्यु भएको छ ।

भारतीय मिडियाका अनुसार मृतक फिल्मको सेटमा जेनेरेटर बनाइरहेका थिए । त्यति नै बेला उनले लगाइरहेको गलबन्दी जेनेरेटरको फ्यानमा अड्कियो जसका कारण उनको टाउको फ्यानमा ठोक्कियो । मृतकको टाउकोमा गम्भीर चोट लाग्यो । जसका कारण उनलाई देहरादूनको अस्पताल पुर्‍याइयो तर डाक्टरहरुले उनलाई बचाउन सकेनन् ।

मृतकको पहिचान मुजफ्फरनगरको किनोनी गाउँका ३५ वर्षे राम कुमारको रुपमा भएको छ । यसबारे जानकारी दिँदै निरज कठैत भन्छन्, ‘मृतकको परिवारलाई घटनाबारे जानकारी दिइएको छ र शुक्रबार पोष्टमार्टम गरिने छ ।’ यो घटनापछि फिल्मको सुटिङ रोकिएको छ । यो फिल्म तेलुगू फिल्म ‘अर्जुन रेड्डी’ को रिमेक हो र यसमा शाहिखका साथै कियारा आडवाणी मुख्य भूमिकामा हुनेछन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७