यौन प्रस्ताव अस्वीकार गर्दा मोडल दीक्षितको हत्या


११ माघ २०७५, शुक्रबार
manisa

काठमाडौं, ११ माघ । मोडलिङ्ग क्षेत्र जति चमकेदार छ, उति नै शोषण र असुरक्षित पनि छ । महिला मोडलहरुमाथि यौन हिंसा हुने गरेका घटनाहरु बाक्लै आउने गर्छन् । नेपालमा मात्र होइन छिमेकी देश भारतमा पनि यस्ता घटना बाक्लै हुने गरेका छन् ।

manisa

भारतको मुम्बइस्थित अन्धेरीमा एक १९ बर्षीया मुजम्मिल सैय्यद नाम गरेका फोटोग्राफरले मोडेल मानसी दीक्षितको हत्या गरेका छन् । बंगुर नगर पुलिसले अनुसन्धानपछि दाबी गरेको फाइलमा निज फोटोग्राफरले २० वर्षीया मोडेल दीक्षितको फोटोसुट गरेका थिए ।

फोटोसुटको बदलामा युवकले मानसीसँग यौन प्रस्ताव राखे तर जब मानसीले यौन प्रस्ताव अस्वीकार गरिन् ती युवकले उनको टाउकोमा काठको स्टुलले प्रहार गरे । उनी वेहोस भएर ढलेकी थिइन् । त्यसपछि युवक आफैले मानसीको घाँटीमा डोरी कसेको बताए । प्रहरीले दीक्षितको कपडाबाट वीर्य र स्वाब समेत फेला पारेको भारतीय सञ्चारमाध्यम ले जनाएको छ ।

पोष्टमार्टम रिर्पोटले दिक्षीतको यौनाङ्ग घर्षण भएको देखाएको थियो । ती युवकले मानसी मरेपछि सुटकेसमा प्याक गरे र ट्याक्सी खोज्न लागे । ४ जना बोकी रहेको एक ट्याक्सीले उनको झोला भारी भएका कारण लैजान मानेन ।

Mansi Sayyed d

त्यसपछि उनले दोस्रो ट्याक्सी समाते र एयरपोर्ट जाने भने । तर अलि अगाडि पुगेपछि भने मुम्बइकै मलाडस्थित माइन्डस्पेस भन्ने ठाउँतिर ट्याक्सी लैजान अनुरोध गरे । ट्याक्सीबाट हतार हतार ओर्लिदै त्यो सुटकेसलाई फुटपातमा फालेको देखेपछि सोही ट्याक्सी चालकले प्रहरीलाई खबर गरेका थिए ।

आरोपीलाई प्रहरीले अन्धेरीकै ओसिवारा अर्पाटमेन्टबाट प्रकाउ गरेको जनाइएको छ । घटना हुनु एक–दुई दिनअघि मात्रै मुजम्म हैद्राबादबाट मुम्बइ आएको दोषीका परिवारले बताएका छन् ।
गत बर्षको अक्टोबर १५मा मानसीको हत्या भएको थियो । प्रहरीले हत्या भएको बेलामै मुजम्मिललाई गिरफ्तार गरेको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७