११ सयलाई उछिनेका रमेश प्रसाईलाई पब्लिक स्पिकर नेपाल सिजन-२ को उपाधि


१२ माघ २०७५, शनिबार
Ramesh Prasai

काठमाडौं, १२ माघ । एपीवान एचडी टेलिभिजनबाट प्रशारण भइरहेको पब्लिक स्पिकर नेपाल सिजन–२ को उपाधि धरानका रमेश प्रसाईंले जितेका छन् ।

Ramesh Prasai

‘अब बोल्छ नेपाल’ भन्ने मूल नाराका साथ शुरु भएको राष्ट्रव्यापी खुला वक्तृत्वकला प्रतियोगिता पब्लिक स्पिकर नेपालको उपाधि रमेशले हात पारेका हुन् । एक्रेटिभ मिडियाको आयोजनामा सम्पन्न सो कार्यक्रमको मुख्य प्रायोजकको रुपमा प्रान लिची ड्रिन्क रहेको थियो । अन्तिम चरणमा देशका विभिन्न १२ स्थानमा आयोजित अडिसनमा सहभागिता जनाएका करीब ११ सय युवाका माझबाट छनोटमा पर्न सफल ६ जनाले सशक्त प्रस्तुति दिएका थिए ।

मकवानपुरकी दिपशिखा घिमिरे, काठमाडौंका प्रज्वल विक्रम विष्ट, धरानका रमेश प्रसाईं, काठमाडौंका प्रनव काफ्ले र मोरङ्गकी मञ्जीता गुरुङ्गबीच अन्तिम प्रतिस्पर्धा भएको थियो ।
सेमी फाइनलबाट बाहिरिएकी काठमाडौंकी मानसी ठाकुरले भने पब्लिक भोटिङ्गमार्फत पुनः प्रतियोगितामा प्रवेश पाएकी थिइन् ।

रमेशले प्रतियोगीताको प्रमुख उपाधिको साथै पब्लिक स्पिकर नेपाल २ को पब्लिक च्वाइस अवार्ड समेत हात पारेका छन् । त्यसैगरी काठमाडौका प्रनव काफ्ले प्रथम उपविजेता र काठमाडौंकै मानसी ठाकुरले द्वितिय उपविजेताको उपाधि हात पारे । कार्यक्रममा विजेता, प्रथम उपविजेता र द्वितिय उपविजेतालाई क्रमशः नगद पुरस्कार स्वरुप तीन लाख, दुई लाख र एक लाख लाख रुपैंया पाए ।

महानायक राजेश हमाल, लैंङ्गिक तथा विकास विज्ञ सरु जोशी श्रेष्ठ, संविधानविद् डा. भिमार्जुन आचार्य, एलसीसीआई नेपाल संस्थाका चिफ अपरेटिङ्ग अफिसर डा.रोशन राठीले कार्यक्रमको विभिन्न चरणमा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७