विश्व रेकर्ड के-के मा छैनन्, यी हुन् सुन्दै अचम्म लाग्ने सेक्स रेकर्ड


१२ माघ २०७५, शनिबार
record

काठमाडौँ, १२ माघ । विश्वमा सबैभन्दा अग्लो पुरूष, संसारको सबैभन्दा लामो पुल, संसारको सबैभन्दा लामो कपाल भएकी महिला जस्ता वल्र्ड रेकर्डको बारेमा त तपाईले पढ्नु वा सुन्नु भएकै होला ।

record

तर तपाईले कतै सेक्सलाई लिएर बनेका वल्र्ड रेकर्डहरुको बारेमा कतै सुन्नु भएको छ ? यदि सुन्नु भएको छैन भने आज हामी तपाईलाई यस्ता विचित्र वल्र्ड रेकर्डको बारेमा जानकारी दिन्छौ, जसलाई सुनेपछि तपाई पनि छक्क पर्नुहुन्छ । जान्नुहोस् यस्ता १० सेक्स रेकर्ड ।

संसारको सबैभन्दा ठूलो ग्याङ ब्याङ
अमेरिकी पोर्न अभिनेत्रि ‘लीजा स्पार्क’ को नाममा एक दिनमा सबैभन्दा धेरै मानिस (९१९) सँग सेक्स गरेको रेकर्ड छ । उनले यो रेकर्ड २००४ को पोलिश इवेन्ट मा तेस्रो वार्षिक ग्याङ व्याङ च्याम्पियन्ससिपको समयमा बनाएकी थिइन् । जुन आजसम्म कायमै छ । यसभन्दा पहिले २००२ अनी २००३ मा पहिलो र दोस्रो च्याम्पियन्ससिप मा ६४६ र ७५४ को रेकर्ड बनेको थियो ।

विश्वको सबैभन्दा ठूलो लिङ्ग
यद्यपी सेक्समा लिङ्गको साइजको कुनै मतलब हुँदैन । तरपनि मानिसमा यो भ्रम छ की लिंगको साइज ठुलो हुनु सेक्सको लागी फाइदाजनक छ । लिंगको साइजलाई भौगोलिकताले फरक पार्दछ । जहाँ अधिकांश एसिया देशमा लिंगको आकार ३ इन्च (शिथिल अवस्थामा) हुन्छ । त्यसैगरी अफ्रिकि देशमा ५ इन्च हुन्छ । तर सबैभन्दा ठुलोलिंगको रेकर्ड अमेरीकी टिभि कलाकार ‘जोना फल्कन’को छ ।

उनको लिंग शिथिल अवस्थामा ९ इन्च र उत्तजित अव्स्थामा १३.५ इन्च छ । आफ्नो ठूलो लिंगको कारण उनलाई एयरपोर्टमा समस्या हुने गरेको हुन्छ । चेकिङको बेला उनलाई अण्डरवेयरमा केहि लुकाएको शंका गर्छन् । यति ठूलो लिंगलाई देखेर पोर्न उद्योगमा उनलाई धेरै अफर आए तर यसलाई उनले अस्विकार गरे । ‘जोना फल्कन’ त्यो समयमा धेरै चर्चामा थिए जब उनले आफ्नो मृत्युपछि आफ्नो लिंग आइसल्याण्डको संग्रालय ( पेनिस म्यूजियम) मा दान दिने घोषणा गरेका थिए ।

विश्वको सबैभन्दा ठूलो सामुहिक सेक्स आयोजना
विश्वको सबैभन्दा ठूलो सेक्स आयोजनाको रेकर्ड जापानीहरुको नाम छ । यस सामुहिक सेक्स आयोजनामा २५० जापानी जोडीहरुले भाग लिएका थिए । यस आयोजनाको भिडियोसमेत बनेको थियो । जुन पछि बिक्रिको लागी उपलब्ध गराइएको थियो । यहाँ जोडिले आफ्नै जोडिसँग सेक्स गरेका थिए अन्यसँग हैन । यसलाई केवल मानिसहरुको सबैभन्दा ठूलो सामुहिक सेक्स आयोजना भन्न सकिन्छ । तर यहि कुरा धर्तीमा रहेका जनावरको सन्दर्भमा गार्टर स्नेकको नाम छ, जुन ३० हजारको समूहमा संभोग गर्छ ।

सबैभन्दा बृद्ध पिता
सेक्सको रेकर्डमा भारत पनि पछाडि छैन । सबैभन्दा बढी उमेरको पिता बन्ने रेकर्डमा एक भारतीयको नाम छ । भारतको राजस्थान राज्यको सुदुर गाउँमा बस्ने किसान ‘नानु राम जोगी’ २००७ मा ९० बर्षको उमेरमा आफ्नो चौथो पत्नीबाट २१ औँ बच्चाको बाबु बनेका थिए ।

सबैभन्दा बलियो योनी
रुसकी ४२ बर्षीय ‘ततिता कोज्हेवनिकोवा’ को नाम विश्वको सबैभन्दा बलियो योनी भएकी महिलाको रुपमा गिनिज बुकमा नाम दर्ता भएको छ । उनले शारिरिक व्यायामद्धारा आफ्नो योनी बलियो बनाएकी थिइन् । जुन योनीले १४ किलोसम्मको तौल उठाउन सक्छ । उनले व्यायाम पछिल्लो १९ बर्षदेखि गर्दै आएकी छिन् ।

भयो यो की १९ बर्षपहिले जब उनले आफ्नो पहिलो सन्तानलाई जन्म दिइन् त्यतिबेला उनको योनीको मांशपेसी धेरै कमजोर भयो । त्यतिबेला उनले एक किताबमा पढेकी थिइन् कि प्राचिन् कालमा यो समस्याबाट मुक्त हुनको लागि महिलाहरु एक किसिमको व्यायाम गर्थे । उनले पनि त्यहि कुरालाई अबलम्बन गरिन् अनी उपलब्धि राम्रो आयो । यस कुराबाट पूर्वजहरु ज्ञानको कुरामा हामीभन्दा धेरै अगाडि थिए भन्ने कुरा पुष्टि पनि हुन्छ ।

सबैभन्दा धेरै उमेरकी यौनकर्मी

वेश्यावृतिलाई संसारको सबैभन्दा पुरानो पेशा मानिन्छ । संसारको प्रत्येक देशमा वैध वा अवैध रुपमा यो काम हुन्छ । त्यसो त यो व्यवसायिक महिलाहरु तथा कम उमेरका महिलाको लागि मानिन्छ तर ताइपे देशमा एक ८२ बर्षीय वृद्धा यस व्यवसायमा छिन् । उनलाई मानिसहरु ‘हजुरआमा’ को नामले पनि चिन्छन् । उनलाई यस व्यवसायमा रहिराख्नको लागि अन्यले भन्दा कम पैसा लिनुपरेको छ । उनका अनुसार ४० बर्ष अगाडि आफ्नो पतिको मृत्युपछि उनलाई यस कार्यमा संलग्न हुनुपरेको थियो ।

सबैभन्दा अधिक दूरीमा वीर्य स्खलन

‘होस्र्ट स्कुल्टज’ को नाममा सबैभन्दा लामो दूरी (१८ फिट ९ इन्च), सबैभन्दा धेरै उचाई ( १२ फिट ४ इन्च) अनि सबैभन्दा अधिक गति (४२.३ मील प्रतिघण्टा) मा वीर्य स्खलनको रेकर्ड छ ।

सबैभन्दा लामो हस्तमैथुन
जापानका ‘मसानोबू सातो’ को नाममा सबैभन्दा लामो समयसम्म हस्तमैथुन गर्नेको रकर्ड छ । उनले २००९ मा सेनफ्रान्सिकोमा आयोजित विश्व हस्तमैथुन प्रतियोगितामा ८ घण्टा ५८ मिनेट सम्म हस्तमैथुन गर्नेको विश्व रेकर्ड बनाए । यो रेकर्ड पहिले ९ घण्टा ३३ मिनेटको थियो जुन मसानोबू सातो ले अघिल्लो बर्ष बनाएका थिए । उनी जापानमा सेक्स खेलौना बनाउने कम्पनीको लागि विज्ञापन गर्छन् ।

सबैभन्दा धेरै सन्तान जन्माउने आमा
१७ औँ सताब्दि मा रुसकी ‘वेलेन्टिना वसील्येव’ लाई विश्वको उर्वर आमा हुनुको गौरव प्राप्त भयो । उनले जम्मा ६९ बच्चालाई जन्म दिएकी थिइन् । जुन आजसम्म एक रेकर्ड छ । खास कुरा उनले कहिल्यै पनि एउटा मात्र बच्चालाई जन्म दिइनन् ।

उनले यी ६९ बच्चालाई २७ पटक गर्भवती हुँदा जन्म दिइन् । १६ पटक जुम्ल्याहा, ७ पटक तिम्ल्याहा र ४ पटक चम्ल्याहा बच्चालाई जन्म दिइन् । आधुनिक समयमा यो रेकर्ड चिलीकी ‘लटिना अल्बिना’को नाममा छ । जसले ५४ बच्चालाई जन्म दिएको दाबी गर्छिन् । तर आधिकारीक रुपमा यो संख्या ५५ बताइएको छ ।

सबैभन्दा ठूलो योनी, सबैभन्दा लामो र तौल भएको बच्चालाई दिएको जन्म
यदि कुरा सबैभन्दा ठूलो लिंगको हुन्छ भने सबैभन्दा ठुलो योनीको पनि हुनुपर्छ । यो रेकर्ड स्कटल्याण्डकी ‘अन्ना स्वान’(१८४६–१८८८) को नाममा छ । जसको योनीको लम्बाइ १८ इन्च थियो ।
उनको नाममा अन्य रेकर्डहरु पनि छन् ।

जस्तो १८ बर्षको उमेरमा उनको अधिकलम लम्बाई ७ फुट ८ इन्च थियो । १८७७ मा उनले ७ फुट अग्लो ‘क्याप्टेन मार्टिन बटेर’सँग बिबाह गरीन् । जुन १८, १८७९ मा उनले इतिहासमा सबैभन्दा ठूलो बच्चालाई जन्म दिइन् । जसको लम्बाई ३४ इन्च तथा तौल १२ केजी थियो । त्यो बच्चा बाँच्न सकेन । उसको पुत्ला अहिले पनि ‘क्लीवल्याण्ड म्युजियम अफ हेल्थ’ मा छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७