सचिन र शाहिदलाई पछि पार्दे रोहित बने विश्वकै अर्धशतक बनाउने कान्छा खेलाडी


१२ माघ २०७५, शनिबार
rohit paudel sahid afridi and sachin tendulkar

काठमाडौं, १२ माघ । नेपाली क्रिकेट खेलाडी रोहित पौडेल एक दिवसीय अन्तराष्ट्रिय क्रिकेटमा सबभन्दा कम उमेरमा अर्धशतक पूरा गर्ने खेलाडी बनेका छन् । उनले भारतका सचिन तेन्दुलकर र पाकिस्तानका शाहिद अफ्रिदी पछि पार्दे नयाँ रेकर्ड बनाएका हुन् ।

युएईसँग जारी एक दिवसीय सिरिज अन्तर्गत आईसीसी क्रिकेट एकेडेमीमा भएको दोस्रो खेलमा उनले ५८ बलमा ७ चौकासहित ५५ रन बनाएर नयाँ रेकर्ड बनाए ।

आज १६ वर्ष १४६ दिनका भएका पौडलले पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीले सन् १९९६ मा बनाएका रेकर्ड तोडेका हुन् । अफ्रिदीले श्रीलंकाविरूद्ध एक दिवसीय अन्तर्रा्ष्ट्रियमा डेब्यु गर्दै कम उमेरमा शतक बनाएका थिए । त्यसबेला शाहिद १६ वर्ष २१७ दिनका थिए । रोहितले अफ्रिदीको रेकर्ड ७१ दिनले तोडेका छन् ।

यसअघि टेष्ट क्रिकेटमा यो रेकर्ड तेन्दुलकरको नाममा थियो । उनले १६ वर्ष २१३ दिनको उमेरमा पाकिस्तानविरुद्ध ५९ रन बनाएका थिए ।

यो रेकर्ड बनाउने सुचीमा पहिलो र दोश्रो नम्बरमा रोहित र शाहिद छन् भने तेश्रो र चौथो नम्बरमा पनि शाहिद अफ्रिदी नै छन् । अफ्रिदीले १६ वर्ष २४५ दिन उमेर हुँदा जिम्बाबे बिरुद्ध र १६ वर्ष ३२३ दिन उमेर हुँदा वेस्ट इन्डिज बिरुद्ध अर्धशतक बनाएका थिए । ३ वटै इनिंग अफ्रिदीले सन् १९९६ मा खेलेका थिए ।

ओडीआई डेब्यु गर्ने बिश्वकै चौथो कान्छा
रोहित एकदिवसीय क्रिकेटमा कम उमेरमा डेब्यू गर्ने क्रिकेटरको सूचीमा चौथो नम्बरमा छन् । अगष्ट २०१८ मा नेदरल्याण्ड्सविरुद्ध ओडीआई डेब्यू गर्दा उनको उमेर १५ वर्ष ३३५ दिन मात्र थियो ।

एकदिवसीय अन्तर्रा्ष्ट्रिय क्रिकेटमा बिश्वकै कम उमेरमा डेब्यु गर्ने खेलाडी पाकिस्तानका हसन राजा हुन् जसले १४ वर्ष २३३ दिन उमेर हुँदा जिम्बाबे बिरुद्ध सन् १९९६ मा डेब्यु गरेका थिए। यस्तै केन्याका गुरदिप सिंहले सन् २०१३ मा अफगानिस्तान बिरुद्ध डेब्यु गर्दा १५ वर्ष २५८ दिन उमेर थियो। तेश्रो नम्बरमा क्यानडाका खेलाडी नितिश कुमार रहेका छन् जसले सन् २०१० मा अफगानिस्तानसंग डेब्यु गर्दा उनको उमेर १५ वर्ष २७३ दिन थियो।

खेलकाे भिडियाे

https://youtu.be/Cu93jMrs_IA

को हुन् रोहित पौडेल ?

रोहित पौडेल अन्डर–१९ समुहबाट उदाएका खेलाडी हुन् । सन् २०१६ को अन्डर–१९ एसिया कपका लागि खेलाडी छनोट गर्न आयोजित ट्यालेन्ट हन्टबाट अन्डर–१९ राष्ट्रिय टिम हुँदै राष्ट्रिय टिमसम्मको यात्रा गरेका हुन् ।

गत वर्ष सम्पन्न एभरेष्ट प्रिमियर लिगमा समेत उत्कृस्ट ब्याटिंग गरेका रोहितले त्यसकै बलमा रास्ट्रिय टोलिसम्मको बाटो निर्धारण गरेका थिए। एभरेस्ट प्रिमियर लिगमा दायाँ हाते ब्याट्सम्यान पौडेलले ललितपुर प्याट्रिएट्ससंगको लिग चरणको खेलमा मेहबुब आलमको एकै ओभरमा १८ रन प्रहार गर्दै टिमलाई अप्रत्यासित जित दिलाएका थिए ।

त्यसक्रममा उनले ११ बल ३१ रन बनाएका थिए। यस्तै ललितपुरसंगकै क्वालिफायर खेलमा रोहितले अन्तिम ओभरमा १३ रन जितको लागि आवस्यक हुँदा लगातार पहिलो ३ बलमा २ छक्का र १ रन लिंदै खेल जिताएका थिए।

पहिलो पटक गतवर्ष यू–१९ राष्ट्रिय टोलीमा पर्दै भारत विरुद्धको खेलमा अर्धशतकीय पारी खेलेपछि रोहित उमेर समूहको प्रतियोगितामा नियमित छन्। गतवर्षको यू–१९ एसिया कप पछि यू–१९ विश्वकप छनोट, एसिया कप छनोट र मलेसियामा सम्पन्न यू–१९ एसिया कप खेले ।

उनले सन् २०१६ को अन्डर १९ एसिया कपमा भारत बिरुद्ध उनले आक्रामक ब्याटिंग गर्दै रोहितले ६८ रन जोडेका थिए । त्यस खेलमा रोहितले भारतीय बलर कमलेश नगरकोटीको अन्तिम ओभरमा २ छक्का र ३ चौका प्रहार गर्दै २४ रन हिर्काएका थिए ।

यस्तै मलेसियामा सम्पन्न यु–१९ एसिया कप २०१७ को बंगलादेशसंगको खेलमा रोहितले ४० रन (५४ बल, २ चौका र २ छक्का) बनाएका थिए।

यो पनि पढ्नुहोस्
नेपालको यूएईमाथि १४५ रनको सानदार जित

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७