सामाजिक सञ्जालमा छोरीको फोटा हाल्दा सञ्जय दत्त ट्रोलको शिकार, भड्किए प्रशंसक


१३ माघ २०७५, आईतवार

काठमाडाैं, १३ माघ । विवादास्पद छवीका कारण विगतमा चर्चामा आउने गरेका बलिउड अभिनेता सञ्जय दत्त अहिले एकाएक पारिवारिक कारणले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

त्यो पनि आफ्नै छोरीको तस्विरका कारण । हालै संजय दत्तले आफ्नी छोरी इकरासँगको एक तस्बिर शेयर गरे । यो तस्बिरसँगै उनले एक विशेष मेसेज पनि लेखे तर सोसल मिडियाका प्रशंसकलाई सञ्जयको विशेष मेसेजले आहत पुर्‍यायो । जसका कारण उनी निकै ट्रोल भइरहेका छन् ।

सञ्जय दत्त फोटोमा एक प्रोटेक्टिभ पिता देखिएका छन् । उनले इकरालाई निकै प्रेमपूर्वक अँगालो मार्दै उनको टाउकोमा चुमिरहेको देख्न सकिन्छ । सञ्जयले आफ्नी छोरी इकारालाई नेशनल गर्ल चाइल्ड डे विश गर्दै लेखेका छन्, ‘मेरी छोरी मेरो सम्पत्ति हो । म प्रार्थना गर्छु कि हरेक छोरीले त्यो माया र सद्भाव पाउन् जसको उनीहरु हकदार छन् ।’

1 11

तर सञ्जय दत्तको कुरा प्रशंसकलाई भने बेकार लागेको छ । सञ्जयले आफ्नी जेठी छोरी त्रिशालासँगको कुनै पनि फोटो नराखी छोरी इकराको मात्र पोष्ट गरेको भन्दै आलोचना गरेका छन् । यो पोष्टमा मानिसहरुले सञ्जय दत्तलाई उनकी जेठी छोरीको याद दिलाउँदै दुई छोरीबीच भेदभाव गरेको आरोप लगाए ।

tri

एक प्रयोगकर्ताले लेखेकी छिन्, ‘त्रिशाला दत्तबारे के भन्नुहुन्छ । तपाईंकी जेठी छोरी होइन र ? म यहाँ नकारात्मकता फैलाइरहेको छैन तर म पनि एक जेठी छोरी भएको नाताले यो प्रश्न सोधिरहेकी छु ।’

यस्तै, अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘तपाईंले सायद बिर्सनु भएको होला कि तपाईंका दुईवटी छोरी छन् ।’

स्मरण रहोन्, सञ्जय दत्तकी छोरी त्रिशाला भारतमा नभई अमेरिकामा आफ्ना हजुरबुवा–हजुरआमासँग छिन् । उनको सञ्जय दत्तकी कान्छी श्रीमती मान्यतासँग पनि राम्रो सम्बन्ध छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७