‘डा.गोबिन्द केसी चिकित्सा शिक्षाको सुधारको लागि अनशन बसेका होइनन्’


१३ माघ २०७५, आईतवार
Ramprasad upriti

काठमाडौं, १३ माघ : प्रा.डा. रामप्रसाद उप्रेती महाराजगञ्ज मेडिकल कलेजका पूर्व क्याम्पस प्रमुख हुन् । क्याम्पस प्रमुख छदा राम्रो सुधारका कामहरु गरेका प्रा.डा उप्रेती अहिले पनि त्यही कार्यरत छन् ।

Ramprasad upriti

चिकित्सा सम्बन्धीका शिक्षा सुधारका लागि लामो समयदेखि काम गरिहेका छन्, डा.उप्रेतीले । तर, उनी कार्यरतस्थलमा अनशन बसिरहेका उनकै सहकर्मी डा. गोबिन्द केसीले उठाएका अजेन्डासँग उनी सहमत छैनन् । डा.केसी चिकित्सा क्षेत्रको सुधारको लागि नभई राजनीतिक अजेन्डा लिएर हिडेको उनको दाबी छ । डा.केसीको कारण त्रिवि शिक्षण अस्पताल धरायसी बन्दै गएको उनको आरोप छ ।

अनशनरत डा. गोबिन्द केसी र नेपाली कांग्रेसले अस्वीकार गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५ जनताको पक्षमा भएको उनको भनाई छ । डा.केसीले उठाएका सबै चिकित्सा सम्बन्धी माग पुरा भएपनि अनशन बसीराख्ने उनको दाबी छ । भन्छन्,‘चिकित्सा सम्बन्धी सबै माग पुरा भएपनि अनशन छोड्नु हुन्न, त्यो उहाँको देखाउने कुरो मात्रै हो । साचो अर्थमा उनी राजनीति गरीरहेका छन् ।’ हाल सञ्चालनमा रहेका १८ मेडिकल कलेजमध्ये १५ वटा कांग्रेसका नेता तथा कार्यकर्ताहरुले चलाएको र ती कलेजहरुको स्वार्थ र कांग्रेसको राजनीतिक स्वार्थमा अनशन बसेको उनको जिकिर छ ।

हेर्नुहोस् पुरा संवाद :-



कांग्रेस र डा. केसीले माफियामुखी भनेको विधेयकमा चिकित्सा शिक्षा सुधारका लागि दर्जनौं बिषयहरु समेटिएको तर, सारमा तिनै सुधारका बुँदाहरुबाट कांग्रेस र केसी बढी डराएको उनको भनाई छ । डा. केसीको असहमति र नेपाली कांग्रेसको अबरोधबीच संसदले ११ माघ २०७५ मा राष्ट्रिय चिकित्सा विधेयक पारित गरेको थियो । डा. केसीले यो विधेयकलाई माफियामुखी भन्दै नमान्ने बताएका छन् ।

डा. केसीको सबैभन्दा रुचीको माग काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने बिषयलाई विधेयकमा समावेश गरिएको छ । तर, पनि केसीले अनशन तोडेका छैनन् । बरु, केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा मागेका छन् । डा.केसीको अनशन र चिकित्सा क्षेत्रको बारेमा प्रा.डा. रामप्रसाद उप्रेतीसँग गरिएको संवादको भिडियो :-

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७