आचारसहिंता उल्लङघन नगरेको एमालेको दाबी


१३ मंसिर २०७४, बुधबार

काठमाडौं: नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा निर्वाचन आयोगले तोकेको आचारसहिंताभित्रै रही आफूले निर्वाचन प्रचारप्रसार गरिरहेको जनाएको छ ।Logo of CPN UML
एमाले निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले आज विज्ञप्ति निकाल्दै आयोगले तोकेका आचारसहिंताभित्र नै रही निर्वाचन प्रचारका सबै कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । ‘आयोग जस्तो गरिमामय संस्थाले तोकेको आचारसंहिता पालना गर्नुलाई हामीले बाध्यता होइन, दायित्वको रूपमा लिनुपर्ने हुन्छ’ विज्ञप्तिमा उल्लेख छ ।
एमालेले चुनाव चिह्न वा शीर्ष नेताहरूको तस्बिरसहितको कुनै पनि प्रचार कार्य गर्दा आचारसंहिताको सीमाभित्र रही गर्न मतदाता र समर्थकलाई आग्रह गरेको छ । निर्वाचन आचारसहिंता विपरीत कार्य गरेको भन्दै आयोगले मङ्गलवार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग स्पष्टीकरण माग गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७