वाम गठबन्धन कम्युनिष्ट शासन लागू गर्न खोजेको आरोप : प्रधानमन्त्री देउवा


१३ मंसिर २०७४, बुधबार

कवालिङ स्याङ्जा: प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसको नेतृत्वमा बनेको संविधानलाई वाम गठबन्धनले समाप्त पारेर कम्युनिष्ट शासन लागू गर्न खोजेको आरोप लगाएका छन् ।deupa 3

स्याङ्जाको वालिङमा आज आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्र रोज्ने कि कम्युनिष्ट दमनको शासनमा एकदलीय तानाशाही शासन व्यवस्था रोज्ने यसको छिनोफानो आगामी निर्वाचनमा जनताले आफ्नो मतमार्फत गर्ने बताए ।

“संसारमा कम्युनिष्ट शासनको शुरुआत भएका देशमा पनि अहिले कम्युनिष्ट व्यवस्था अन्त्य हुँदैछ”– प्रधानमन्त्री देउवाले भने, “संसारमा असफल भएका बाद यहाँ ल्याउन खोजिएको छ त्यो सफल हुँदैन ।”सो चुनावीसभामा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट समस्या मात्रै जन्माउने तर समाधान दिन नसक्ने दाबी गर्दै समस्याको समाधानका लागि काँग्रेस चाहिने बताए ।

उनले मुलुक अब लोकतन्त्रको बाटोमा अगाडि बढिसकेकाले यसलाई कुनै पनि तागतले रोक्न सक्दैन् भने । नेता पौडेलले यो निर्वाचन नेपाली जनताको भाग्य र भविष्य कोर्ने निर्वाचन भएकाले लोकतन्त्रको रक्षा र समृद्ध नेपाल निर्माणका लागि काँग्रेसलाई विजयी बनाउन आग्रह गरे । आमसभामा काँग्रेस चुनाव प्रचारप्रसार अभियानका संयोजक बालकृष्ण खाँण, उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठ लगायतका नेताले सम्बोधन गरेको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७