स्वर्ण बिजेता यान सहित तेक्वान्दो टोली स्वदेश फर्कियो


१३ मंसिर २०७४, बुधबार
9 4

काठमाडौं: क्यानडामा भएको टोरन्टो ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक विजेता यानकुमारी चौलागाईंसहितको तेक्वान्दो टोली स्वदेश फर्किएको छ ।9 4

यानसहित ज्ञानी चुनरा र रेजिना कार्की बुधबार स्वदेश फर्किका हुन् । उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य हेमन्त डाँगी, पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुँवर र नेपाल आर्मीका तेक्वान्दो खेलाडीलगायतले स्वागत गरे ।
क्यानडाको टोरन्टोमा भएको प्रतियोगिताको महिला ५७ केजीमुनि तौलसमूहको फाइनलमा यानले क्यानडाकी खेलाडी लौजन लौरिनलाई हराउँदै स्वर्ण जितेकी थिइन् । अन्य २ राष्ट्रिय खेलाडी ज्ञानी चुनरा र रेजिना कार्की भने पदकविहिन बने । महिला ४९ केजीमुनि रेजिना र ६२ केजीमुनि ज्ञानीले प्रतिस्पार्धा गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७