बुढो सिमल


१९ माघ २०७५, शनिबार
debika kc Cover

-देवकी के.सी

बूढो सिमलको रुखमा फुलेका थोरै फूलहरूले पनि सिमलको सौन्दर्यतालाई जोगाइ राखेका थिए । सिमलकै उमेर सरहको कमलका बुढ्यौली आँखा बुढो सिमलको सौन्दर्यतालाई खुब चासो दिएर हेर्दै थिए । बुढ्यौलीले चाउरिएका छन् उसका गाला ।

आफ्नै भार थेग्न सक्दैनन आफ्नै गोडा । काला केश राशीहरू हिमालका हिउँमा परिणत भइसके । चस्मा बिना संसार देख्न गाह्रो परिसके, कानका शक्ति पनि कमजोर हुँदै गइसके तर, पनि सिमलको सौन्दर्यताको गाढा छाप उसको मनबाट हट्न सकेन । सिमलसँगै फुूलेका रुकुका सम्झना पनि उसको मनबाट कहिल्यै पनि बिलाउन सकेन ।


debika kc Cover

त्यो बुढो सिमलको रुखलाई देख्दा उसलाई आफ्नै बालापन जवानी र बुढ्यौलीको सम्झना आउँछ र आफ्नै यथार्थ भोगाइको प्रतिनिधित्व गरेझैँ लाग्छ सिमलले । समय र परिस्थितिको जन्जिरले उसका जीवनमा कयौँ उतार–चढावहरू ल्याई दिए । आफ्ना अमूल्य विचार र प्रेम कसैको हितको लागि परिवर्तन हुनुपर्ने अवस्थामासम्म पुर्‍यायो तर पनि त्यो सिमलको रुख ऋतुको नियमभित्र चलिरह्यो । त्यो सिमलको रुख आज पनि त्यही छ जहाँ हिजो थियो र भोलि पनि त्यही हुनेछ । आफ्नो जीवनलीला समाप्त नभएसम्म त्यही नै अडिग भएर नै रहन्छ फरक त्यति मात्र हो उसलाई पनि बुढ्यौली हुने प्रकृतिको नियमले छोएको छ ।

ऊ त्यही बुढो सिमलको रुख हो जहाँ कमल रुकुका हात समातेर प्रेमको बगानमा डुल्थ्यो । समयले रुकुलाई कहाँ पु¥यायो ? उसलाई बिछोडको भुमरीमा तड्पिन बाध्य बनायो । तर सिमल जहाँको त्यहीँ नै छ छुटिएर तन टाढा भए पनि । समथर मैदानदेखि पहाडको उचाइसम्म सदाबहार टिकिरहने पतझर सिमल जस्तै कमलको ह्दयमा रुकु सदाबहार बनेर रहेकी थिई । बुढ्यौलीले गाल्दै जाँदा दिन बिताउन पनि गाह्रो हुँदो रै’छ । यसो बाटो हिड्नेहरुको आराम गर्ने थलो भएकै कारण दिन बिताउने थलोको रोजाइमा परेको थियो कमलको लागि पनि त्यो बुढो सिमलको रुख ।

जीवन साथी बितेपछि घर परिवारको राम्रै साथ पाएको ऊ लट्ठी र चस्माकै सहारामा त्यहाँसम्म पुग्थ्यो बिस्तारै । ऊ घर फर्कन पनि विस्तारै सक्छ तर एक्लै हिँड्न दिँदैनन् । छोरा बुहारीले कयाैँ पटक दिउँसो बुढो सिमलको फेदमा नबस्नु, घरमै बस्दा राम्रो हुन्छ, हामी हेरचाह गरिहाल्छौ भन्दा पनि उसको मन मान्दैन ।

फाल्गुणदेखि चैत्र महिनासम्म ढकमक्क राता फूलहरूले सिमल नव दुलहीझै देखिन्थ्यो । यही फाल्गुनको मध्यतिरको समय थियो कमल सिमलको रुखको फेदमा बसेर आफ्नो विगतका रमाइला पलहरूमा हराउँदै थियो ।

त्यसैले त ऊ दिन काट्न सजिलोको लागि त्यहाँ पुग्छ । दिन काट्न मात्र नभई विगतको प्रेमको सम्झना र मस्तिष्कबाट ओझेल पर्न नसकेको रुकुको यादमा चुर्लुम्ब डुब्न पनि उसले त्यही ठाउँ रोजेको हुन सक्छ । दिउँसो खाजा खाने समयमा कहिले छोरा, कहिले बुहारी त कहिले सानी नातिनी समेत त्यही लिन आइपुग्छन् । बुढ्याैलीलाई घृणा गर्दै सडकपेटी र बृद्धाश्रम पुर्‍याउने संस्कार बढ्दै गएको समयमा पनि यतिधेरै हेरविचार गर्ने परिवार पाएकोमा ऊ आफूलाई निकै भाग्यमानी पनि ठान्थ्यो ।

फाल्गुणदेखि चैत्र महिनासम्म ढकमक्क राता फूलहरूले सिमल नव दुलहीझै देखिन्थ्यो । यही फाल्गुनको मध्यतिरको समय थियो कमल सिमलको रुखको फेदमा बसेर आफ्नो विगतका रमाइला पलहरूमा हराउँदै थियो । बुढ्यौलीले छोएर सिमलका रुखमा कम मात्र फल फले पनि उसलाई त्यो सिमलको रुख कुनै बेहुली भन्दा कम लाग्दैन । हुन त त्यो सिमलको रुखलाई देख्नासाथ उसलाई आफ्नो रुकु नै आफ्नै आँखा अघिल्तिर भएझैँ भान हुन्छ ।

ऊ आफ्नो अतितका चित्रहरू मस्तिष्कमा कोर्दै सुस्ताइ रहेको थियो सिमलको फेदमा । फाल्गुन महिनाको आधा आधीमा स्कुलको अन्तिम परीक्षाको शुरुवात हुन्थ्यो, चैत्रको शुरुवातमा त परीक्षा नै सकि सक्थ्यो । परीक्षाको समय स्कुल चाँडै छुट्टी भएपछि आराम गर्ने र मनोरञ्जन गर्ने उत्कृष्ट गन्तव्य हुन्थ्यो रुकुसँग उसको त्यही सिमलको फेद । रातै फुलेका फूलहरू टिप्दै कसले धेरै जम्मा गर्ने भन्ने होडबाजी चल्थ्यो उनीहरुको । सिमलको फूलहरू मुखमा हालेर चपाउँदै भुईमा थुक्दा झन मज्जाले रमाउँथे उनीहरु । त्यसपछि जम्मा गरेको सिमलका फूलहरू टिपेर एकअर्कालाई हानाहान गर्दै खेल्दा समय बितेको पत्तै नहुने कति रमाइला थिए विगतका क्षणहरू । बिर्सनै नसक्ने यादहरूले कमलका मस्तिष्कमा झड्का दिइरहेको थियो ।


सिमलका राता फूल केशमा सिउरिएर मुसुक्क हाँस्दा रुकु स्वर्गकै अप्सराझै लाग्थ्यो उसलाई । चैत्र महिना पनि सकियो । सिमलका राता फूल पनि झर्दै गए ।

एकपल्ट सिमलका फूलले हानाहान गरेर खेल्ने क्रममा उसले अलि जोडसँग सिमलको फूल रुकुतिर फालेको थियो । सिमलको फूलले रुकुको गालामा अलि जोडसँग लागेछ । रुकु गालामा हातले सुमसुम्याउँदै रुन पो थाली । त्यो पल कमलका आँखामा पनि आँशु टिलपिलाए । रुकुको आँखाको आँशुले कमललाई थेगिनसक्नुको पीडाबोध भयो । रुकुका आँखाका आँशु भुइँमा खस्न नपाउँदै कमलले आफ्नै हातले पुछीदिएको सम्झना ताजै छ उसको मनमा आजसम्म पनि । उसका नरम गाला छाम्दै कमलले भनेको थियो, ‘रुकु मलाई माफ गर, मैले तिमीलाई चोट पुर्‍याए ।’

ऊ सुँक्क सुँक्क गर्दै थिई । केहिबेरसम्म रुकु केही बोलिन । आँशुले उसका आँखाका गाजल लतपतिए । कमलले उसका अलपत्र परेका केश मिलाई दियो । भुईबाट सिमलको एक थुङ्गो फूल टिपेर कपालमा सिउँरीदियो । कमल ओइलिएको फूल जस्तो मलिन अनुहार लगाएर उभिइरह्यो रुकुका अघिल्तिर माफी पाउने आशमा । रुकु फिस्स हाँसिदिई कमलको उदास मुहारमा हेर्दै माफी स्वरुप । उसको मुस्कानले आफूले माफी पाएको महसुस गर्‍यो कमलले पनि । दुबै एक अर्काको अनुहार हेर्दै मुस्कुराए ।

सिमलका राता फूल केशमा सिउरिएर मुसुक्क हाँस्दा रुकु स्वर्गकै अप्सराझै लाग्थ्यो उसलाई । आँखामा लतपतिएका गाजलमा पनि रुकु आज निकै सुन्दरी लाग्यो कमललाई । चैत्र महिना पनि सकियो । सिमलका राता फूल पनि झर्दै गए । वैशाख महिनाको आगमनसँगै रुखहरूमा हरियाली वसन्तले सिँगारिन थाले । प्रकृति हरियालीमा निकै सुन्दर हुँदै गइन् । सिमलको रुखमा पनि हरिया पातले ढपक्क भए त्यसमाथि पाटा पाटा परेका कोसाहरू लाग्न थाले सिमलको रुखमा पनि । ती कोसाहरू विस्तारै लामा र मोटा हुँदै थिए त्यस्तै उनीहरुको प्रेमको संसार पनि मौलाउँदै गएको थियो ।


सिमलका राता फूल केशमा सिउरिएर मुसुक्क हाँस्दा रुकु स्वर्गकै अप्सराझै लाग्थ्यो उसलाई । आँखामा लतपतिएका गाजलमा पनि रुकु आज निकै सुन्दरी लाग्यो कमललाई । चैत्र महिना पनि सकियो । सिमलका राता फूल पनि झर्दै गए ।

वैशाख महिनामा स्कुलमा नयाँ शैक्षिक सत्रको शुरुवातसँगै उनीहरुको प्रेमको अध्यायमा पनि अर्को एक नयाँ अध्याय थपिँदै थियो । सिमलका लामा मोटा कोसाबाट सिमलका काला–काला बीउहरु सिमलको भुवासहित उड्न थाले । मगमग बास्ना चल्ने सिमलको भुवा उडेको देख्दा मनमा एक किसिमको नौलो अनुभूति हुन्थ्यो । स्कुल जाँदा, आउँदा बाटोमा सिमलको भुवा उडेर लुगामा टाँसिन्थ्यो । लुगामा टाँसिएका सिमलको भुवा पनि दुबैले जम्मा गरेर झोलामा राख्थे ।

सिमलको भुवा जस्तै नरम र बास्नादार थिई रुकु पनि । स्कुलबाट फर्कदा सिमलको फेदमा खेल्नु उनीहरुको दैनिकी जस्तै थियो । एक दिन सिमलका भुवा बटुल्दै गर्दा बतास जोडसँग चल्न थाल्यो । बतासले सिमलका भुवा उडाएर उनीहरुका शरीरमा जताततै टाँसियो । रुकुको कपालमा टाँसिएका सिमलका भुवालाई हेर्दै कमलले भन्यो, ‘रुकु तिम्रो कपाल त सेतो भएछ तिमी त बुढी भइछौं ।’ रुकु अलि रिसाएझैँ गर्दै कमलका कपालतिर हेर्दै भन्छे, ‘आफ्नो पनि त कपाल सेतो भएको छ नि तिमी पनि बुढो भएछौ ।’ हो त है म पनि बुढो भएछु कमलले हाँस्दै भन्यो । हामीहरु दुवैलाई सिमलको भुवाले बुढ्यौली लागेको पो बनाई दिएछ हा….. हा….. हा दुबै एक अर्कालाई हेर्दै हाँस्न थाल्छन् ।

बतासले सिमलका भुवा उडाइरहेको थियो । रुकु रमाउँदै उफ्री उफ्री सिमलका भुवा समात्ने कोशिस गर्दै थिई । कमल रुकुलाई हेर्दै मन्त्र मुग्ध देखिन्थ्यो । त्यतिबेला रुकु साँच्चै सिनेमाको नायिकाझै सुन्दर देखिन्थी । उफ्रँदै दौडँदै सिमलको भुँवा टिप्दा थाकेर होला रुकु थचक्क भुइँमा बसिन् । कमल पनि उसैसँग टाँसिएर बस्यो । एक दिन सबै बुढो हुनै पर्छ क्यारे ! मलाई अघि बुढो भइछौ भनेको होइन भो मसँग नबस–रुकुले अलि रिसाउँदै फेरि घुर्की पो लगाइन सायद बुढी भनेकोमा उसलाई मन दुखेछ क्यारे ।

एक दिन त अवश्य बुढो भइन्छ हैन त रुकु उसले मायालु स्वरमा भन्दै रुकुको कपालबाट सिमलका भुवा निकाल्न थाल्यो । दुबैले पालैपालो शरीरमा टाँसिएका सिमलका भुवाहरु निकालेर एकै ठाउँमा थुपारे । आज धेरै सिमलका भुवाहरु जम्मा भएको थियो । अहो ! कति धेरै सिमलका भुवा भएछ आज, यसलाई जम्मा गरेर एउटा राम्रो पुतली बनाउनु पर्छ है रुकुले भनिन् । कमल केहि नबोली हाँसिराख्यो । कमलले आफ्ना हातले सिमलका भुवालाई स्पर्ष गर्‍यो, अनि रुकुका सुन्दर केश राशीलाई सुमसुम्यायो । रुकुका कपाल मात्र नभई तन र मन सबै सिमलका भुवाझै नरम र कोमल थिए ।

रुकु र कमलका निश्चल मन प्रेमले लहराको रुप धारण गर्दै फैलँदो थियो । समय आफ्नै गतिमा दौडिरहेको थियो । उनीहरुका शरीरमा पनि वैँस र रङ थपिँदै जान थाल्यो । रुकु र कमलका सम्बन्धको चर्चा पनि समाजमा फैलँदै थियो । उनीहरुको निश्चल प्रेम घर परिवारसम्म पनि फिंजियो । यो समाजले कोरेको जातीयताको रेखाभित्र उनीहरुको प्रेम पनि अल्झने अवस्थामा पुग्यो ।

पण्डित बाऊको छोरा त्यसमाथि गाउँमा उच्च जातको पदवी पाएको कमलले समाजले जुत्ता सिलाउने सीपमा जातीयताको साँघुरो रेखाभित्र कैद गरेको रुकुलाई अँगाल्ने कुरामा कमलको परिवार के सहमत हुन सक्थ्यो र ? जातीयताको पासोले पलाउँदै गरेको उनीहरुको प्रेममा पनि पूर्णविराम लगाएरै छाड्याे समाजमा । जुत्ता बनाउने सीपमा पोख्त तिनै सिपालु हातले निर्माण गरेका जुत्ताले कसैको इज्जत उँचो हुने तर तिनै सीपलाई जातीयताको साँघुरो जालोभित्र जेल्ने कस्तो होला हाम्रो समाजको सोचाई ।


समाजले कोरेको जातको साँघुरो घेराभित्र पालुवा पलाउँदै गरेका रुकु र कमलको प्रेमको पालुवा पनि भाँचियो । तर दुबैका मनबाट साँचो प्रेम र सम्झना कहिल्यै भाँचिएन ।

समाजले कोरेको जातको साँघुरो घेराभित्र पालुवा पलाउँदै गरेका रुकु र कमलको प्रेमको पालुवा पनि भाँचियो । तर दुबैका मनबाट साँचो प्रेम र सम्झना कहिल्यै भाँचिएन । कमल घर परिवारको दबाबमा, कुलको इज्जत बचाउने बहानामा जातरुपी समानतामा उच्चता राख्न परिवारको लागि कमलको विवाह भयो आफ्नै जातभित्रै । प्रेमबीच बाटोमै टुट्दा पीडाले छट्पटाएका थिए दुईटा मुटु तर, पनि भौतिक शरीरको पुनर्मिलन नहुँदा पनि सम्झनाको पोको भने मुटुमा गाँठो पारेर राखिरहे दुबैले ।

रुकु पनि आफ्नै जातीयता र परम्परा जोगाउने क्रममा बन्धनमा बाँधिई स्वजातीयसँग नै । जातीयतालाई भन्दा विश्वास र प्रेमलाई उच्च ठान्ने रुकु र कमल आखिर अन्ततः समाजले स्वीकार गरेको जातीयताभित्र अल्झिन विवश भए । अथाह माया, प्रेम र जूनी काट्ने बाचा सबै चुँडालेर टाढा रहन बाध्य थिए दुबै आत्माहरू । रुकु बिहे गरेर धेरै टाढा पुगी गाउँबाट । चाडपर्व भन्दा बाहेक माइती आउने साइत जुर्दैनथ्यो उसको । रुकु नजिकै भई दिएको भए देखभेट त हुन्थ्यो नि भन्ने आशा कमलको मनबाट हट्न सकेन ।

अथाह माया, प्रेम र जूनी काट्ने बाचा सबै चुँडालेर टाढा रहन बाध्य थिए दुबै आत्माहरू । रुकु बिहे गरेर धेरै टाढा पुगी गाउँबाट । चाडपर्व भन्दा बाहेक माइती आउने साइत जुर्दैनथ्यो उसको । रुकु नजिकै भई दिएको भए देखभेट त हुन्थ्यो नि भन्ने आशा कमलको मनबाट हट्न सकेन ।

रुकु बिहे गरेर टाढा पुगे पनि उनी माइती आउने बाटो ढुकेर हरेक चाडपर्वमा रुकुको एक झल्को अनुहारको दर्शन पाउने आशामा त्यही सिमलको फेदमा कुरेर बसिरहन्थ्यो कमल । रुकुले सुख पाएकी छिन् रे, बच्चा पनि जन्माइन् रे भन्ने सुन्दा पनि कमलको मनलाई सन्तोष मिल्थ्यो । टाढा भए पनि सधै गाढा थियो उसको मनमा रुकुको माया ।

कमलको पनि राम्रो र सुखी घर परिवारको बारेमा सुन्दा रुकुको मनले पूर्ण सन्तुष्टिको श्वास फेर्दथ्यो । तन टाढा भए पनि आखिर चोखो माया मनबाट कहाँ टाढा हुन सक्थ्यो र ? यस्ता कुरा जातको घेरामा अल्झेका समाजले बुझिदिएको भए यी दुईको जोडी र मिलन संसारकै नमुना बन्थ्यो होला! जातमै अन्धभक्त भएको समाजमा रुकु र कमल जस्ता एक–दुई जनाको विद्रोहले जातीयताको घेरा तोडिन असफल भएकाले त उनीहरुले बिछोडको पीडा खेप्न विवश थिए ।

समयले कोल्टे फेर्दै गयो । शिक्षामा आएको परिवर्तनले समाजमा पनि परिवर्तनको हाँगा हाल्न थाल्यो । हिजो–जातमा उच र नीच हेर्नेहरू आज दुबैलाई समान देख्न र नाता जोड्नेसम्मका परिवर्तनले बढ्दो रुप लियो । जातीयतामा उच र नीच सम्झेर नाता चुडाल्ने कोशिस गर्नेहरू पनि आज नाता जोड्नेसम्म भइसकेका थिए । अशिक्षाको जराहरू बिस्तारै उखेलिँदै शिक्षा, चेतना र मानवअधिकारसम्मका कुरामा बहस गर्ने भइसकेको थियो गाउँ अहिले । साँच्चै अबको परिवर्तनले आफ्नो र रुकुको जस्तो पवित्र प्रेममा तगारो नहालोस् भन्ने कामना गर्दथ्यो कमल ।


सिमलका भुवा उडेर आँशुले भिजेका उसका गालामा टपक्क टाँसिए । पहिलेको जस्तो धेरै सिमलका भुवाहरु उड्न नसक्ने भएका बुढो सिमलका रुखले थोरै फूल फुलेर र थोरै भुवा मात्र फल्दै आफ्नो पहिचान भने छाडेको थिएन ।

उनीहरुले हाँस्दै खेल्दै बालापन बिताएका र मायाको बीउ रोपेका सिमलको रुख पनि बुढो हुँदै गयो । बुढ्यौली छोएर होला धेरै हाँगाबिँगाहरू सुक्दै कमजोर बनेको थियो यो रुख पनि कमल र रुकु जस्तै । त्यही सिमलको रुखको फेदमा विगतका सम्झना गरेर बुढ्यौलीका दिनहरु बिताई राखेका कमलका आँखा आज निकै रसाए अतितका प्रेमको सम्झनामा । सिमलका भुवा उडेर आँशुले भिजेका उसका गालामा टपक्क टाँसिए । पहिलेको जस्तो धेरै सिमलका भुवाहरु उड्न नसक्ने भएका बुढो सिमलका रुखले थोरै फूल फुलेर र थोरै भुवा मात्र फल्दै आफ्नो पहिचान भने छाडेको थिएन ।

आँशुले लपक्क भिजेका चाउरी परेका गाला कमलले आफ्नै खस्रो हातले पुछ्यो । हातले छामछुम गर्दै भुवाहरु पनि टकटकायो । भुल्नै नसक्ने अतितले आज उसलाई नराम्रोसँग सताएको भान हुन्थ्यो उसलाई देख्दा । बुढ्यौलीले आवतजावत गर्न नसक्दा माइती परदेशझै बने पनि माइतीको याद त कहाँ हट्थ्यो र त्यसैले त रुकु धेरैपछि आज माइती गाउँ आएकी थिई आफ्नो छोराको साथमा । माइती घरमा नपुग्दै बाटोमा सिमलको फेदमा एकक्षण टक्क बसिन् रुकु । दमले सताउँदा हिँडडुल गर्न गाह्रो भएर स्याँस्याँ गर्दै बसेकी रुकुको श्वास पनि कमललाई परिचितझै लाग्यो । चस्मा मिलाउँदै आफ्ना धमिला आँखाले रुकुलाई नियाल्यो । रुकुले पनि कमललाई नचिन्ने कुरै भएन ।


रुकु सञ्चै छौ, धेरैपछि माइती आयौ त ? कमलले श्वास नै नरोकी सोध्यो । दमले स्वाँ स्वाँ गरेर बोल्न गाह्रो भए पनि रुकु धेरैपछि कमलको आवाज सुन्न पाएर औधी खुशी थिई ।

रुकु सञ्चै छौ, धेरैपछि माइती आयौ त ? कमलले श्वास नै नरोकी सोध्यो । दमले स्वाँ स्वाँ गरेर बोल्न गाह्रो भए पनि रुकु धेरैपछि कमलको आवाज सुन्न पाएर औधी खुशी थिई । त्यसैले त कठिनाइको महसुस नै नगरी भनिहाली खोई के सन्चो भन्नु उही त हो नि बुढ्यौलीको दमखोकी र दुखाई । हात गोडा कमजोर भए आँगन नै परदेश हुने बेला माइती त झनै परदेश जस्तो लागे पनि मन माइती गाउँको सम्झनाबाट टाढा नहुँदो रैछ । छोराछोरी आफ्नै काममा व्यस्त बल्ल आज फूर्सद मिलाएर छोरोलाई साथ लिएर आएको नि । नमस्ते गर मामालाई चिनिनस् कि क्या हो–रुकुले छोरालाई भनि हालिन् ।

नमस्कार मामा ! कमलतिर हेरेर हात जोड्दै रुकुको छोराले अभिवादन टक्रायो । कमलले पनि हात जोडेर उसको अभिवादनलाई सहश्र स्वीकार गर्‍यो । रुकु र कमल दुबैलाई बुढ्यौलीले सताएको थियो तर चाउरिएका दुवैका गालामा आज वर्षौँ पछि पुनर्मिलनका खुशीहरू चहलपहल गर्न थालेका थिए । रुकु कुप्रिएर भुईँ छुने भएकी थिई । गाला चाउरिएर सबै खुम्चेका थिए । दमले सताएर स्याँ–स्याँ गर्थी । बोल्दा निकै कठिनको महसुस हुन्थ्यो तै पनि कमललाई आज पनि ऊ विश्वसुन्दरीझै लाग्थ्यो ।

दुबैको आँखामा वर्षौपछि पुनर्मिलनको खुशी छाएको थियो । जातीयताको घेराले टुक्रिएको चोखो माया जीवनको अन्त्यसम्म पनि नसेलाओस् भन्ने दुबैको चाहना मुहारमा स्पष्ट देखिन्थ्यो । उनीहरुको पुनर्मिलनमा बुढो सिमल पनि खुशी भएर आफ्ना भुवाहरु उडाईरहेको थियो ।

बालापन, प्रेम, जवानीदेखि आज वृद्धावस्थासम्म आईपुग्दाको साक्षी बनेको सिमलको रुखलाई एक पटक दुबैले हेरे र बुढ्यौलीले गालेको अनुहार दुबैले एकआपसमा हेरे । समयले फेरि उनीहरुको भेटघाट गर्न देला वा नदेला त्यसको ज्ञाता त समय नै हो तर यो नै जीवनको अन्तिम भेट नहोस् भन्ने चाहना दुबैको मनभित्र लुकेको थियो । आफू जस्तै बुढ्यौलीले गालेको बुढो सिमललाई पनि मनमनै दुबैले एकसाथ धन्यवाद दिए एकपल्ट फेरि चोखो प्रेमलाई हेर्ने अवसर दिएकोमा ।


बालापन, प्रेम, जवानीदेखि आज वृद्धावस्थासम्म आईपुग्दाको साक्षी बनेको सिमलको रुखलाई एक पटक दुबैले हेरे र बुढ्यौलीले गालेको अनुहार दुबैले एकआपसमा हेरे ।

हजुरबुवा तपाई कति यही सिमलको रुखमा बस्नु हुन्छ । म स्कुलबाट घर आउँदा खेल्ने साथी नै भएन, जाऊ न घर सानी नातिनी हातमा गुडिया बोकेर कमलको हात समात्न आइपुग्दा कमलले आज घर फर्कन अघिपछि भन्दा ढिलो भएछ भन्ने बल्ल महसुस गर्‍यो । रुकुलाई पनि विस्तारै हातमा समातेर छोराले डोर्‍याउँदै भन्छ जाऊँ आमा हामी पनि लागौँ, मामाघर पुग्न अझै आधा घण्टा हिँड्नुपर्छ । लौ त म लागे भन्दै रुकु अघि बढ्छे छोराको हात समातेर । कमल पनि अघि बढ्छ नातिनीको हात समातेर ।

कमलले एकपल्ट रुकुलाई फेरि हेर्छ । बुढो सिमलको रुख पनि खुशीले दुबैलाई हेरिरहेझै लाग्छ । समाजले कोल्टो फेरिसक्यो चेलीकै नाता जोडेर भए पनि आफ्नो घरसम्म पुगेर चिया खाएर जाऊ न रुकु भन्ने साहस गर्न सकेन कमलले आज पनि सायद जातीयताको आगोले पोलेको गहिरो घाउ मनमा गडेर नै होला ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७