डा. केसीबिरुद्ध अनसन बसेका विजय थापाले तोडे अनसन {फोटो फिचर}
काठमाडौं, १९ माघ : त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीबिरुद्ध उत्रिएका युवा विजय थापाले अनसन तोडेका छन् । २५ पुस २०७५ मा संसदको शिक्षा तथा स्वास्थ्य समिति पाश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सांसदबाट जस्ताको तस्तै माग गर्न लगायतका माग राखेर अनसनमा थिए ।
डा.केसीसँगै इलामबाट अनसन सुरु गरेका थापाले २३ दिनपछि शनिबार बिहान अनशन तोडेका हुन् । थापालाई पनि ३ माघ २०७५ मा इलामबाट काठमाडौं ल्याइएको थियो । अस्पतालमा ३ वर्षीया अकिया नगरकोटी र ५५ वर्षीय बेचेन यादवबाट जुस पिएर अनशन तोडेका हुन् ।
डा.केसीले भने शुक्रबार साँझ नै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिएर अनशन तोडेका थिए ।
अनसन तोड्दै थापाले आफू निम्न बर्गीय जनताको पक्षमा लडेको बताए । डा.केसी सामन्तहरुको प्रतिनिधि भएको पनि उनको आरोप छ । उनले भने, ‘डा केसीलाई हिजोदेखि मुलुक लुटदै आएको सामन्तहरुको, एलिट बर्गको साथ थियो, मलाई युवा बिद्यार्थी र गरिव आम नेपालीको साथ थियो, आम नेपालीको जीत भयो, सामन्तहरु पछि हटे, अव सधै उनीहरुलाई यही हार चखाउनु पर्छ ।’
के भने थापाले भिडियो :