सलमान-कट्रिना विहे गर्दै, इदमा लगन कस्न तयारी शुरु


२० माघ २०७५, आईतवार
salman khan katrina kaif

काठमाडौं, २० माघ । विवाहका विषयलाई बारम्बार हाँसेर टार्दै आएका सलमान खान अन्ततः विवाह गर्ने भएका छन् । उनकी दुलही हुनेछिन् कट्रिना कैफ । सलमान र कट्रिनाको विवाहको तयारी पनि भइसकेको छ । तर यी दुईको विवाह ‘रियल’ मा नभई ‘रिल’ लाइफमा हुँदैछ ।

salman khan katrina kaif

डिएनएको रिपोर्ट अनुसार सलमान र कट्रिनाको अपकमिङ फिल्म भारतका लागि वेडिङ सिक्वेन्स सुट गर्ने तयारीमा छन् । रिपोर्टका अनुसार यो एक विवाहको गीत हुनेछ । यो एक अपबीट गीत हो । यो गीतका लागि फिल्मको सेट फूलले सिंगारिँदै छन् ।

prf

भारतको सेटबाट कट्रिनाको एउटा फोटो पनि सार्वजनिक भएको छ जसमा उनी बेहुलीको अवतारमा देखिएकी छिन् । यसअघि सलमान र कट्रिनाले माल्टामा एउटा गीत पनि सुटिङ गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७