निकिता पौडेलसँग रिसाए सञ्चारमन्त्री, ‘एक्सन’ लिने चेतवानी


२० माघ २०७५, आईतवार
Nikita Paudel Inner

काठमाडौं, २० माघ । ‘खै त निकिताजी आउनु भएन ?’ चलचित्र विकास बोर्डको आज (आइतबार) को वैठकमा चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई नदेखेपछि सञ्चारमन्त्री गोकुल बास्कोटाले अन्य सहभागीलाई प्रश्न गरे ।

Nikita Paudel Inner

मन्त्रीले यस्तो प्रश्न गरेपछि बोर्डकी सहसचिव राधिका अर्यालले उपस्थित नभएको जवाफ दिइन्् । चलचित्र विकास बोर्ड महत्वपूर्ण वैठकमा चलचित्र वोर्डकी अध्यक्ष पौडेल स्वयम् अनुपस्थित भएपछि सञ्चारमन्त्री गोकुल बास्कोटा एकाएक आक्रोशित बने ।

मन्त्रालयका विभिन्न बैठकमा मातहतका विभागीय प्रमुखहरु नै अनुपस्थित हुनु गैरजिम्मेवारीपन भएको बताउँदै मन्त्री बास्कोटाले यसका विरुद्ध ‘एक्सन’ लिने समेत चेतावनी दिए ।
आइतबार मन्त्रालयको एक आन्तरिक बैठकमा चलचित्र विकास वोर्डकी अध्यक्ष निकिता पौडेल अनुपस्थित बनेपछि मन्त्री बास्कोटाले अटेर गर्ने प्रमुखहरुलाई कार्वाही गर्ने चेतावनी दिएका हुन् ।

मन्त्रालय स्रोतका अनुसार आइतबार चलचित्र विकास बोर्डको प्रगति विवरणसम्बन्धी एजेण्डामा छलफल गर्ने कार्यक्रम थियो । तर, बैठकमा वोर्ड अध्यक्ष नै अनुपस्थित भएपछि मन्त्री बास्कोटा आक्रोशित बनेका हुन् । पौडेल अनुपस्थित भएपनि आक्रोशित मन्त्री बास्कोटाले भने, ‘छुट्टी लिएको भए रेकर्ड हुनुपर्‍यो, हैन भने स्पष्टिकरण सोधेर कार्वाही प्रक्रिया अगाडि बढाउनुस्, सधैं यसरी मनपरी गर्न कसैलाई पनि छुट छैन ।’

निकितालाई शेरबहादुर देउवा नेतृत्वको सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । पछि केपी ओली नेतृत्वको सरकारले उनलाई पदबाट हटाउने निर्णय गरेको भए पनि सर्वोच्चको आदेशपछि पुनः काममा फर्किएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७