‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने सन्देश दिन बेलबारीका युवाकाे रचानात्मक काम (फाेटाेफिचर)


१४ मंसिर २०७४, बिहीबार
buddha was born in nepal 6 1

केराबारी : सकारात्मक सोचको जादु ती व्यतिmहरुमा मात्र पाइन्छ जसले कुनै पनि कामलाई निस्स्वार्थ दृष्टिकोणले हेर्ने गर्दछ । इच्छा शक्ति भए जहाँ जस्तो सुकै अवस्थामा पनि समाज राष्ट्रका लागि केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै मोरङको बेलवारीमा रहेका केही युवाहरूले बुधवार विभिन्न व्यक्तिहरूको सहयोगमा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिन प्रत्यक्ष चित्रकला एवं हस्ताक्षर अभियान सम्पन्न गरेका छन् ।
मोरङको बेलवारीमा रहेका केही स्थानीय युवाहरूले राष्ट्र र राष्ट्रियतालाई शिरमा राखेर युवाहरूले बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश दिन सामूहिक हस्ताक्षर अभियान कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक अर्जुन राईले बताए ।
‘पछिलो समय बुद्ध भारतमा जन्मिएका हुन् भनेर आइरहेको मिथ्या भाषणहरु सार्वजनिक भइरहेको बेला हामी र हाम्रो संस्कृति र राष्ट्रिय विभुतिहरुको संरक्षण गर्न जनचेतनाका कार्यक्रम आयोजन गरेका हौँ’, उनले भने ।
प्रत्यक्ष चित्रकला प्रतियोगितामा इटहरी तथा वेलवारीका चित्रकारहरुले दर्शकको बुद्धको विभिन्न सन्देश दिने चित्रहरु कोरेका थिए । इटहरीका चित्रकार अमित राई, रिल कार्की र सुन्दर हरैचाका जोयल राई र बेलबारीका मेघराज राई उत्तम लिम्बूले सौजन्य स्वरूप कार्यक्रममा चित्र बनाउन सहयोग गरेका थिए । चित्रकारहरुले बनाएको आर्कषक चित्रहरु वेलवारी नगरपालिकाले उचित मूल्याङकन गरी खरिद गरिदिने र सो रकम बेलवारी ३ खोरिया बस्तीका वोनम्यारो पीडित सृजना लिम्बुलाई उपचारार्थ सहयोग हस्तान्तरण गर्ने कार्यक्रमका संयोजक तथा अर्जुन राईले बताए ।
कार्यक्रममा स्वःसञ्जु गुरुङको नाममा उहाका परिवारले बुद्ध वाज वन इन नेपाल लेखिएको टिसर्ट उपलब्ध गराएका थिए ।कार्यक्रम साना शहरी खानेपानी संस्थानका अध्यक्ष महेन्द्र सुवेदी, आदिवासी जनजाति नगर समितिका अध्यक्ष तिलक राई, शिक्षक डिपी राई र वेलवारी नगर प्रमुख ज्ञानेन्द्र सूव्ोदी लगायतले नेपालका राष्ट्रिय विभूतिहरु को कहाँ जन्मिएका हुन भनेर भ्रम फैलाउन खोज्दैमा त्यो सम्भव नहुने भन्दै नेपालीहरूको राष्टिय स्वाधीनता माथि आच आउने काम कसैले गर्न नहुने तर्क राखेका थिए । कार्यक्रम कोसी नेपाल मिडिया र बास्केटबल क्लब बेलबारीको आयोजनामा भएको थियो ।buddha was born in nepal 6 1

buddha was born in nepal 4

buddha was born in nepal 2 1

 

buddha was born in nepal 3 1

buddha was born in nepal 5 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७