भारी छुटका साथ सिटी सेन्टरमा ‘भ्यालेण्टाइन डे’ विशेष कार्यक्रम


२१ माघ २०७५, सोमबार
city centre nepal

नवलपरासी, २१ माघ । प्रणय दिवस (भ्यालेण्टाइन डे) नजिकिंदैछ । भयालेन्टाइन डे नजिकिएसँगै युवाहरु प्रणण दिवस विशेष बनाउने सुरमा छन् ।

city centre nepal

प्रणय दिवस विशेष बनाउने सुरमा रहेका युवाको सपनालाई साकार बनाउन विभिन्न संस्था, ठूला होटल, डिपार्टमेन्टल स्टोर र क्लवहरुले पनि विभिन्न योजना अगाडि सारेका छन् ।

काठमाडौंको मुटु कमलपोखरीस्थित व्यावसायिक भवन सिटी सेन्टरले प्रणय दिवस–२०१९ ९ख्बभिलतष्लभ म्बथ(द्दण्ज्ञढ० लाई लक्षित गरी विशेष कार्यक्रमको घोषणा गरेको छ । युवा वर्गलाई लक्षित गरी तयार गरिएको कार्यक्रममा १३ फ्रेवरीमा १५ हजार पुरस्कार राशीको नृत्य प्रतियोगिता गरिने सिटी सेन्टरले जनाएको छ ।

त्यसैगरी सिटी सेन्टरमा १ फ्रेवरीदेखि १४ फ्रेवरीसम्ममा किनमेल गर्ने ग्राहकमध्ये लक्की ड्रमार्फत छनोट भएका एक जनालाई पोखराको प्रिमियम होटलमा २ रात ३ दिनको प्याकेजको व्यवस्था गरिएको सिटी सेन्टरले जानकारी दिएको छ ।

सिटी सेन्टरभित्र यस अवधिमा किनमेल गर्ने ग्राहकहरुलाई विशेष छुटको व्यवस्था रहेको जानकारी व्यवस्थापन पक्षले दिएको छ । कार्यक्रममा विभिन्न प्रकारका मनोरञ्जनात्मक खेलहरुका साथै लाइभ म्युजिकल कार्यक्रम आयोजन गरिने सिटी सेन्टरले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७