डा.केसीको सत्याग्रह ७ औं अनसनपछि पूर्वाग्रह र प्रतिरोधमा बदलियो : प्रा.डा शिवकुमार राई


२१ माघ २०७५, सोमबार
Shibkumar Rai 1

भोजपुरको वोयामा जन्मिएका प्रा.डा शिवकुमार राई नेपालको चिकित्सा शिक्षा क्षेत्रमा परिचित नाम हो । नेपालको चिकित्सा शिक्षा क्षेत्र सुधारका निम्ती लामो समयदेखि नेतृत्वदायी पदमा रहेर काम गरीरहेका डा. राई सञ्चार माध्यममा उतिधेरै आउँदैनन् । प्रचारभन्दा पनि गहिरोगरी काममा खटिने डा.राई यसअघि योजना आयोगका सदस्य पनि थिए ।

हाल नेपाल मेडिकल कलेजका अनुसन्धान निर्देशक रहेका प्रा. डा.राई यसअघि सरकारले चिकित्सा शिक्षा सुधारका लागि सुझाव दिन गठन गरेका दुईवटा कार्यदलका संयोजक थिए । प्रा.डा.राईको संयोजकत्वमा गठन भएको एमबिबिएस तहको शुल्क निर्धारण सम्बन्धी कार्यदलको सिफारिसलाई नै केदारभक्त माथेमा संयोजक रहेको माथेमा आयोगले पनि सही मानेको छ । राईको कार्यदलले नै एमबिबिएस कार्यक्रमको शुल्क अधिकतम् ३१ लाख ६० हजार तोकेको थियो ।

प्रा.डा राई १८ माघ २०७५ मा नयाँ पेजको संवादमा आएका थिए । हाम्रो संवादको बिषय थियो, ‘चिकित्सा शिक्षा र डा.गोविन्द केसीको अनसन ।’ प्रा.डा. डा.केसीको समकालिन हुन् । हामीले नेपालको चिकित्सा क्षेत्र र डा.केसीको अनसनको बारेमा लामो बहस गर्‍यौं । त्यतिबेलासम्म डा.केसी अनसनमै थिए । प्रा.डा.राईको भनाई थियो, ‘डा.केसीका मागहरु सम्बोधन भएका छन्, उहाँ निर्शत अनसनबाट उठ्नपर्छ ।’

Shibkumar Rai 1

नेपालमा मात्रै होइन दर्जनौं मुलुकहरुमा चिकित्सा सम्बन्धीका अनुसन्धान र बहसमा संग्लन भएका प्रा.डा. राई कुनै बेला डा.केसीको अनसनका बलियो समर्थक थिए । तर, सातौं अनसनपछि आफूले समर्थन गर्न छोडेको बताए । भने, ‘साताैं अनसनदेखि उहाँको माग बरालियो ।’ केलव चिकित्सा क्षेत्रको सुधारको मात्रै नभएर अन्य राजनीतिक माग र व्यक्तिगत तथा संस्थागत पूर्वाग्रहबाट प्रभावित भएपछि आफूले समर्थन छोडेको उनले बताए । भने, ‘सत्याग्रहीको माग व्यक्तिगत पूर्वाग्रह र स्वार्थभन्दा माथि हुनुपर्छ । तर, पछिका उहाँका मागहरु त्यसो हुन सकेन ।’

११ माघ २०७५ मा संसदले पाश गरेको राष्ट्रिय चिकित्सा विधेयक–२०७५ मा केसीको माग समेटिनुका साथै थप नयाँ कार्यक्रमहरुको व्यबस्था गरिएको उनको तर्क छ । राष्ट्रिय चिकित्सा विधेयक–२०७५को प्रभावकारी कार्यान्वयन भए नेपालको चिकित्सा क्षेत्रमा धेरै सुधार हुने बताउँछन् ।

१८ माघ २०७५ मा संवाद सकिएको करिब २ घन्टापछि डा.केसीको अनसन तोडियो । अनसन तोडिएपछि हाम्रो संवाद अलिकति पुरानो भयो । तर, प्रा.डा.राईले चिकित्सा शिक्षा सम्बन्धी राखेका धेरै विचार भने उस्तै सान्दर्भिक छन् । हेर्नुहोस् संवादको पुरा भिडियो :-

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७